नेकपाको ७५ औं स्थापना दिवसमा काठमाडौँको खुलामञ्चमा जनसभा हुँदै

डेली न्युजराप्ती       ३ बैशाख २०८० ११:२१ मा प्रकाशित     334 No Comments

काठमाडौ / नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको ७५ औं स्थापना दिवसको सन्दर्भमा काठमाडौको खुलामञ्चमा आमसभा हुने भएको छ।लेनिन जयन्तीको सन्दर्भ पारेर पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा नेकपा स्थापना भएको दिनलाई स्मरण , समिक्षा र नयाँ प्रतिबद्धता सहित नेपाल कम्युनिस्ट पार्टीले आमसभा गर्ने जनाएको हो।

नेपाल कम्युनिस्ट पार्टीले शनिबार सार्वजनिक गरेको पोस्टर अनुसार नेकपा स्थापना दिवसलाई साताव्यापी मनाउने उल्लेख गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिद्वारा घोषित सप्ताहव्यापी क्रार्यक्रमहरू अनुसार बैशाख ३ गते -देशव्यापी वालिङ्ग, बैशाख ४ गतेदेशव्यापी क्रान्तिकारी आन्दोलनका जेष्ठ कम्युनिस्ट नेतालाई अभिनन्दन,बैशाख ५ गते-झाँकी सहित साँस्कृतिक कार्यक्रम ,बैशाख ६ गते-देशव्यापी प्रदर्शन र वृक्षारोपण कार्यक्रम ,वैशाख ७ गते देशव्यापी अन्तर्कृया,वैशाख ८ गते रक्तदान र बैशाख ९ गते देशभरी उत्सवसभा र दिपावली, काठमाण्डौमा विशाल जनसभा गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार