रुकुमबाट गिरफ्तार संगठनका जिल्ला इन्चार्ज सहितका नेताहरु रिहाई गरियोस् : युवा संगठन नेपाल

डेली न्युजराप्ती       १२ असार २०८० २१:४३ मा प्रकाशित     174 No Comments

असार १२ , अर्घाखाँची । युवा संगठन नेपाल केन्द्रीय समितिले पश्चिम रुकुमवाट गिरफ्तार गरिएका संगठनका जिल्ला इन्चार्ज सहितका नेताहरु रिहाई गर्न माग गरेको छ।

संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगली सीले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै सोमबार प्रहरीद्वारा गिरफ्तार गरिएका युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा पश्चिम रुकुम जिल्ला इन्चार्ज क. महेस सी र संगठनका जिल्ला सदस्य क. कुबेर सीलाई निसर्त रिहाई गर्न माग गरेको हो ।

प्रहरीले असार ११ गते बिहान घरमा सुतिरहेको अवस्थामा बिनाकारण गिरफ्तार गरि झुट्टा मुद्धा लगाएको भन्दै राजनितिक आस्थाका आधारमा गरिको उक्त गिरफ्तारी तथा धरपकडको घोर निन्दा गर्दै क. महेस सी र क. कुबेर सीलाई स-सम्मान रिहाइको जोडदार माग गर्दछौँ , बिज्ञप्तिमा भनिएको छ ।’

अध्यक्ष पाटन जंगली सीद्वारा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ – ‘हाम्रो संगठन राष्ट्रियता, जनतन्त्र, जनजिबिका र जनअधिकारका पक्षमा निरन्तर संघर्ष गर्दै आइरहेको छ । देशको अर्थतन्त्रलाई नै धरासाय पार्नेगरि भइरहेको भ्रष्टाचारको बिरुद्ध र कथित लघुबित्तहरुको नाममा किसान, मजदुर, महिला दिदिबहिनीहरु, साना ब्यवसायीहरु आदिलाई आतंकित गर्ने, उनिहरुको सम्पती लुट्ने तथा मर्न बाध्य बनाउने कार्यका बिरुद्धमा हाम्रो संगठनले निरन्तर संघर्ष गरिरहेको छ । पछिल्लो अवधिमा देशका ग्रामीण क्षेत्रहरुमा, लघुबित्तहरुले राज्यको नियम बिपरित ॠण प्रबाह गर्ने, चर्को ब्याज तथा नियम बिपरित जरिवाना असुली गर्ने, नियम पूरा नगरी ॠणिहरुको सम्पती हडप्ने, ब्याजलाई मुल धनमा रुपान्तरण गरि पुन ब्याज लिने लगायतका कार्यहरु भैरहेका छन । लघुबित्तहरुको कारणले हजारौं मानिसहरु घरबार बिहिन भैरहेका छन । धेरै मानिसहरु डिप्रेसनको सिकार भैरहेका छन, भने कतिपय आत्म हत्या वा आत्मदाह गरिरहेका छन । यो प्रक्रिया बड्दो अवस्थामा छ । आज जनताको प्रमुख संकट भनेको लघुबित्त र मिटर ब्याजिहरुले निम्त्याएको संकट हो ।’

यस्तै बिज्ञप्तिमा उल्लेखित समस्याहरुलाई नियमन, अनुगमन र उचित अनुसन्धान गरि दोसिलाई कार्बाही गर्नु राज्यको पहिलो दायित्व भएको, राज्यको दायित्व भनेको नागरिकलाई सुरक्षा दिनु भएको , पिडितहरुलाई न्याय दिनु र नियम बिपरित हुने कार्यलाई कानुनको दायरामा ल्याई कार्बाही गर्नु , पिडकलाई कानुनी दायरामा ल्याई कार्बाही गर्नुको अलावा उनिहरुको संरक्षण गर्ने र पिडितहरुलाई धरपकड गर्ने, गिरफ्तार गर्ने, मुद्धा लगाउने तथा पिडितलाई थप पिडित बनाउने कार्य राज्यबाट भईरहेको , परिणामत: क. महेस सी र क. कुबेर सीलाई गैर न्यायीक ढंगले गिरफ्तार गरि मुद्धा लगाएको यो ज्वलन्त उदाहरण भएकाले सबैखाले ब्यथिती, बिसंगती, भ्रष्टाचार, लघुबित्त तथा मिटरब्याजिहरुले चलाइरहेका क्रूर आतंकका विरुद्ध सशक्त संघर्ष जारि राख्ने समेत चेतावनी दिइएको छ ।

बिनाकारण गिरफ्तार गरि झुट्टा मुद्धा लागएको प्रती संगठनले घोर आपत्ती प्रकट गर्दै निसर्त रिहाईको लागि जोडदार माग गरेको छ । साथै अन्यथा थप संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

प्रेस बिज्ञप्तिको पुरापाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार