‘विद्यार्थीहरू संसदीय व्यवस्थाको चिहान खन्ने मलामी हुन्’

डेली न्युजराप्ती       ३ पुष २०८० ०९:०० मा प्रकाशित     178 No Comments

पाल्पा : नेकपा केन्द्रीय प्रतिनिधि सदस्य तथा गुल्मी इन्चार्ज खोमा सीले विद्यार्थीहरू दलाल संसदीय व्यवस्थाको चिहान खन्ने मलामी भएको बताएका छन् । अखिल (क्रान्तिकारी) पाल्पाको १९ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनलेे उक्त कुरा बताएका हुन् ।उनलेे अहिलेको शिक्षा दलाल पुँजीवादको सेवक भएको बताउदै उत्पादनका लागि श्रमसित जोडिएको शिक्षा जरुरी भएको बताए । उनलेे दलाल पुँजीवादले जनतामाथी गरेको अन्यायपूर्ण शोषणको आलोचना र  विरोध गर्ने शिक्षा आवश्यक भएको बताए ।

सम्मेलनमा नेकपा पाल्पा सेक्रेटरी नेपाल सीले युवा विद्यार्थीहरू निराश नभइ क्रान्तिको पक्षमा गोलबन्द हुनुपर्ने बताए । अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज बिष्णु सीले शिक्षामा भएको ब्यापारिकरणका विरूद्व समाजवादी शिक्षा जरुरी भएको बताए ।

सम्मेलन नेकपा केन्द्रीय प्रतिनिधि सदस्य एवं गुल्मी इन्चार्ज खोमा सीको प्रमुख आतिथ्यता, संचालन केन्द्रीय सदस्य पदम सी, अध्यक्षता सुशील सी, स्वागत पुजा सीले गरेका थिए । सम्मेलनले सुशील सीको अध्यक्षतामा २९ सदस्य जिल्ला समिति निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार