पौष १ , दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले लमही-घोराही-तुलसीपुर चारलेन सडक निर्माण कार्य अविलम्ब सुचारु नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ ।
नेकपा दाङका सेक्रेटरी जनक सीले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै लमही-घोराही-तुलसीपुर चारलेन सडक निर्माण लापरबाही गरि निर्माण कार्य अविलम्ब सुचारु नगरे चरणबद्द आन्दोलन र संघर्षमा जाने सबै सरोकारवाला निकायलाई जानकारी गराउनुभएको छ ।
बिज्ञप्तिमा भनिएको छ– ‘लमही-घोराही-तुलसीपुर चारलेन सडक निर्माण कार्यमा भइरहेको लापरबाही र ढिलासुस्तीका कारण हजारौं जनताले दुख पाउनुका साथै सडकमा उडेको धुलोले जनस्वास्थ्यमा समेत गम्भीर असर पारिरहेको छ ।सम्बन्धित सरोकारवाला निकायहरुको लापरबाहीको कारण जनतालाइ पर्न गएको असरप्रती नेपाल कम्युनिस्ट पार्टी दाङको ध्यानाकर्षण भएको छ । त्यसैले समबन्धित परियोजना , समबन्धित निर्माण व्यवसायी , समबन्धित सरकारी निकाय अथवा समबन्धित सबै सरोकारवाला निकायहरु यस विषयमा जिम्मेवार भइ अविलम्ब सडक निर्माण कार्य सुचारु गर्न अनुरोध गर्दछौं ।
यस जनसरोकारको बिसयमा लापरबाही गरि सडक निर्माण कार्य सुचारु नगरे चरणबद्ध आन्दोलन र संघर्षमा जाने सबै सरोकारवाला निकायलाई जानकारी यसै बिज्ञप्ती मार्फत गराउदछौ ।’
साथै बिज्ञप्तिमा अविलम्ब सडक निर्माण कार्य सुचारु नगरे आन्दोलन र संघर्षबाट निस्कने परिणामको भागिदार समबन्धित सरोकारवाला निकायनै हुनुपर्ने चेतावनी समेत नेकपाले दिएको छ ।
प्रेस बिज्ञप्तिको पुरापाठ:-
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.