राष्ट्रिय स्वाधीनताको पक्षमा अखिल(क्रान्तिकारी) दाङले गर्यो जनप्रदर्शन

डेली न्युजराप्ती       ७ श्रावण २०७८ १८:०७ मा प्रकाशित     689 No Comments

हेमन्त प्रकाश वली ।
श्रावन-७ , लमही ।
नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन अनेरास्ववियु(क्रान्तिकारी) जिल्ला समिति दाङले जिल्लाको लमही नगरमा राष्ट्रिय स्वाधीनताको पक्षमा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।

जनप्रदर्शन कार्यक्रमलाइ सम्बोधन गर्दै अनेरास्ववियु(क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिलले राष्ट्रिय स्वाधीनताको सवालमा संगठनले निर्मम संघर्ष गर्दै आएको बताए।उनले वैदेशिक हस्तक्षेप,राष्ट्रघाती ,असमान सन्धि-सम्झौता पुर्ण खारेजिको माग गरे।विद्यार्थी नेता अनिलले संगठन निरन्तर राष्ट्रिय स्वाधीनता,जनताको अधिकार,शिक्षामा समान अधिकारका लागि स्थापनाकालदेखी संघर्षरत रहेको जिकिर गरे।राष्ट्रलाई विदेशी पन्जाबाट मुक्त गर्न वलिदानको उच्च कोटा चुक्ता गर्न पनि संगठन तयार रहेको नेता अनिलले उद्घोष गरे।

राष्ट्रिय स्वाधीनताको पक्षमा भएको जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी लमही नगर इन्चार्ज जनकले संसदीय व्यवस्थाको कारणले राष्ट्रिय स्वाधीनता सर्वाधिक संकटमा रहेको धारणा राखे।नगर इन्चार्ज जनकले राष्ट्रघाती एमसिसी सम्झौता संसदवादी दलालहरुले जबर्जस्ति पास गर्ने खोजे जनताले भयानक विद्रोह गर्ने उद्घोष गरे।उनले,”एमसिसी मार्फत देश वेच्न खोज्नेजरुलाइ जनताले गाउँ-शहरवाट लखेट्छन”।
एक फरक प्रसंगमा इन्चार्ज जनकले वास्तविक शान्ती,समृद्धि,स्वाधीनता,जनताको अधिकारका लागि बैज्ञानिक समाजवादी राज्यसत्ता स्थापनाको विकल्प नरहेको जिकिर गरे। उनले जनमतसंग्रह मार्फत बैज्ञानिक समाजवाद कि दलाल पुजीवादी संसदीय व्यवस्था भन्ने विसयमा जनताको जनमत द्वारा फैसला हुने निर्वाचन गर्न राज्य तयार हुनुपर्ने धारणा राखे।

जनप्रदर्शन कार्यक्रममा राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, असमान सन्धी-सम्झौता खारेज गर, सिमा अतिक्रमण बन्द गर, कालापानी, लिपुलेक ,लिम्पियाधुरा हाम्रो हो,देश वेच्न पाइदैन,दलाल संसदीय व्यवस्था मुर्दावाद,बैज्ञानिक समाजवाद जिन्दावाद नारा लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो।
जनप्रदर्शन कार्यक्रमको सहजीकरण अखिल(क्रान्तिकारी) दाङका अध्यक्ष अमरले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार