न्यजराप्ती,दाङ।
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले एक महिने संगठन सुदृढ तथा जनसम्बन्ध बिस्तार अभियान जिल्लाभरी औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेको जनाएको छ।
अभियान उद्घाटनको क्रममा जिल्लाको राजपुर गाउपालिकाको अभियान उद्घाटन टिम प्रमुख नेकपा गढवा-राजपुर गाउपालिकाका इन्चार्ज सुरजले गर्नुभएको थियो। यस्तै गढवा गाउपालिका अन्तर्गत अभियानको उद्घाटन अभियान टिमका प्रमुख तथा पार्टी जिल्ला कमिटी सदस्य भिम प्रकाश पुनले गर्नुभएको जनाइएको छ।
लमही नगरपालिकामा एक महिने अभियानको उद्घाटन अभियान टिमका प्रमुख नेकपा लमही नगर इन्चार्ज जनकले गर्नुभएको थियो भने राप्ती गाउपालिकाको अभियान उद्घाटन टिम प्रमुख नेकपा दाङ जिल्ला कमिटी सदस्य धर्तीले गर्नुभएको थियो।
यस्तै एक महिने संगठन सुदृढ तथा जनसम्बन्ध बिस्तार अभियान अन्तर्गत नेकपाले घोराही उपमहानगरपालिकामा चार वटा अभियानको उद्घाटन गरेको जनाएको छ। जसअन्तर्गत पश्चिम र उत्तर कमान्ड अभियानको उद्घाटन नेकपा घोराही उपमहानगर इन्चार्ज तिलकले गर्नुभएको थियो भने घोराहि पुर्व अभियानको उद्घाटन अखिल(क्रान्तिकारी) राप्ती व्युरो संयोजक दिपकले गर्नुभएको थियो।यस्तै घोराही दक्षिणमा अभियानको उद्घाटन अभियानका टिम प्रमुख नेकपा दाङ जिल्ला कमिटी सदस्य महानले गर्नुभएको जनाइएको छ।
तुलसीपुर उपमहानगरपालिकाको बिजौरिमा अभियानको उद्घाटन नगर इन्चार्ज बिकाशले गर्नुभएको थियो भने तुलसीपुर पश्चिम भमकेमा अभियानको उद्घाटन पार्टी जिल्ला कमिटी सदस्य बिजय मल्लले गर्नुभएको जनाइएको छ।यस्तै बंगलाचुली गाउपालिकामा एक महिने अभियानको उद्घाटन अभियान टिम प्रमुख पार्टी जिल्ला कमिटी सदस्य मनोजले गर्नुभएको थियो।
एक महिने अभियान अन्तर्गत नेकपाले संगठन सुदृढ गर्दै जनसम्बन्ध बिस्तार गर्ने,सहिद परिवार,घाइते,बेपत्ता परिवार संग भेटघाट ,छलफल गर्ने,राष्ट्रियता,जनजिबिका सम्बन्धी भित्तेलखन गर्ने,पार्टीले लिएको कार्यनीतिक एजेन्डा प्रगतिशील संयुक्त सरकार,जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापनाको लागि जनता संग अन्तर्क्रीया गर्ने,भ्रस्टाचार,माफिया,दलालिकरण,बिकृती बिसंगतिको भन्डाफोर गर्ने जस्ता कार्यक्रम अघि सारेको जनाएको छ।
संगठन सुदृढ तथा जनसम्बन्ध बिस्तार अभियानको उद्घाटन तस्वीरमा:-
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.