कैलालीमा कम्युनिष्ट आन्दोलनका पुराना नेता विप्लव नेकपामा ध्रुविकृत (बिज्ञप्ति सहित)

डेली न्युजराप्ती       ५ फाल्गुन २०७८ १८:३७ मा प्रकाशित     449 No Comments


मनोज रावत / कैलाली : कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ५ का कम्युनिस्ट आन्दोलनका पुराना र प्रभावशाली नेता जयदत्त पाण्डे नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत भएका छन। बिहिबार उनले एक प्रेस बिज्ञप्ति जारी गर्दै आफु नेकपामा ध्रुविकृत भएको जानकारी दिएका हुन।

राष्ट्रिय जनमोर्चाबाट राजनिति शुरु गरेका पाण्डे २०६४ सालको पहिलो संविधान सभाको चुनाबमा सो पार्टीबाट कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवार भएका थिए । पछिल्लो समयमा क्रान्तिलाई विजय मध्यनजर गर्दै तत्कालिन नेकपा (माओवादी)का उम्मेदवार कृष्ण कुमार चौधरीलाइ सहयोग गर्दै सो पार्टीमा प्रवेश गरी राज्य कमिटी सदस्य भएर काम गर्दै पार्टी विभाजनपछि केन्द्रिय सदस्य जिम्मेबारी पनि समालेको उनले बताएका छन । पछिलो समय एमाले र माओवादी एकतापछि केही विमति भएको र आफ्नो सहमति बिना जिल्ला सल्लाहकार राखेको र फेरी पार्टी विभाजन भएपछि एमाले विस्तारित केन्द्रिय कमिटीमा राखेको र माओवादीले पनि विभिन्न कमिटीमा राख्न खोजेपनि थुप्रै वैचारिक अस्पष्टता देखिएकाे हुदा दुवै पार्टीमा बस्न नचाहेको र केही समयदेखि वैज्ञानिक समाजवाद स्थापना गर्न सक्ने पार्टी नेपाल कम्युनिस्ट पार्टी मात्र देखिएकाे हुदा छलफल र बहस गर्दै आएको र यसमा प्रतिवद्ध भएर लाग्ने उद्देश्य सहित आजको मितिबाटै लाग्ने निर्णय सहित पार्टी प्रवेश गरेको जयदत पाण्डेले जनाएका छन। उनलाइ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज ओम प्रकाश पुनले खादा लगाएर स्वागत गरेका थिए भने सो सन्दर्भमा आफ्नो भनाइ राख्दै पुनले संसदवादीहरु नाङ्गो रुपमा राष्ट्रघाती सिद्ध भइसकेको हुदा पाण्डे जस्तै सबै पार्टीमा भएका राष्ट्रवादीहरु गोलबन्द भएर एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापनाको लागि लाग्न नेता पुनले आव्हान समेत गरेका थिए।

पार्टी ध्रुविकरण कार्यक्रम नेकपा कैलालीले पत्रकार सहितको उपस्थितिमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ओम प्रकाश पुन, नेकपा कैलाली सेक्रेटरी दिपेन्द्र चलाउने लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार