तुलसीपुरमा एमसिए नेपालका प्रमुख बिष्टको पुत्ला दहन गरिदै

डेली न्युजराप्ती       ८ भाद्र २०८० ०७:१३ मा प्रकाशित     419 No Comments

भदौ ८ , तुलसीपुर । तुलसीपुरमा एमसिए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर बिष्टको पुत्ला दहन गरिने भएको छ ।
विप्लव नेतृत्वको नेकपाले शुक्रबार एमसिसी सम्झौता कार्यान्वयन हुन नदिन निर्देशक बिष्टको पुत्ला दहन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

नेकपा पश्चिम दाङका सचिव निर्मल सीले पार्टीको चरणबद्ध केन्द्रीय कार्यक्रम अन्तर्गत तुलसीपुर , पश्चिम हापुरे बजार , शान्तिनगर , दंगिशरण लगाएतका ठाउँमा पुत्ला दहन गरिने जानकारी दिएका छन् ।

पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत आज एमसिए नेपालका प्रमुखको पुत्ला दहन गरिने , भदौ ९ गते गाउँगाउँमा जागरण प्रचार गर्ने , भदौ १० गते जनप्रदर्शन गर्ने पार्टीका जिल्ला सचिव निर्मल सीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार