नेपाली बिशेषताको समाजवादका लागि अभियान चलाउने नेकपा राप्ती ब्युरोको निर्णय!

डेली न्युजराप्ती       ३ भाद्र २०८० २०:३७ मा प्रकाशित     142 No Comments

भदौ ३ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोको बैठक सम्पन्न भएको छ ।
आइतबार घोराहीमा सम्पन्न बैठकले नेपाली विशेषताको समाजवादका लागी विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले समाजवादी मोर्चाका कार्यक्रमहरुलाइ प्रभावकारी रुपमा सञ्चालन गर्न सम्पुर्ण पार्टीपंक्तिलाई परिचालन गर्ने , समाजवादका पक्षधर सवै शक्तिसंग सहकार्य गर्ने , युवा पुस्ताको नयाँ सोचलाई समाजवाद निर्माणमा रुपान्तरण गर्न युवा विद्यार्थी विशेष अभियान सञ्चालन गर्ने , श्रम संस्कृतिलाइ व्यापक बनाउने , आत्मानिर्भर उत्पादन अन्तर्गत रोपन गरिएका धानवाली लगाएतका वालीहरुको विशेष हेरचाह गर्ने , पहिलो ६ महिने आवाधिक योजना सफल पार्न विभिन्न सहयोग गर्ने सवैलाई विशेष धन्यवाद दिने लगाएतका निर्णय गरेको छ ।

नेकपाका राप्ती ब्युरो इन्चार्ज सविनको अध्यक्षतामा बसेको बैठकको प्रमुख आतिथि नेकपाका पोलिटब्युरो सदस्य शितल सी रहनुभएको थियो ।

बैठकमा उपस्थित ब्युरो कमिटीका सदस्यहरुले नेकपा पुर्वी दाङले सन्चालन गरेको सी कृषि फर्ममा रहेको धान उत्पादन केन्द्रको अनुगमन/निरीक्षण समेत गर्नुभएको थियो।

ब्युरो बैठक लगत्तै ब्युरो अन्तर्गतका सबै जिल्लाका बैठकहरु बस्ने कार्यतालिका रहेको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार