गोर्खा जेलब्रेक कमाण्डर नेकपा स्थायी समिति सदस्य शिलुलाई पितृशोक

डेली न्युजराप्ती       ८ बैशाख २०८० ०८:१९ मा प्रकाशित     401 No Comments

चितवन / नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा जवस फ्रयाक्सन इन्चार्ज शिलुलाई पितृशोक परेको छ।

नेतृ शिलुका बुबा कमानसिंह भुजेलको भरतपुर महानगरपालिका वडा न २४ चितवनमा बिहिवार बेलुका ७:३० बजे आफ्नै निवासमा ९० बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।

गोर्खाको अजितकोट गाउँपालिका ३ भच्चेकमा जन्मिनु भएका भुजेलका दुई छोरा र पाँच छोरी मध्यकी एक शिलु तत्कालीन माओवादी जनयुद्धको क्रममा भएको ऐतिहासिक गोर्खा जेलब्रेक कमाण्डर हुन भने बिहिवार निधन हुनु भएका कमानसिंह भुजेलको भोलि अन्त्यस्टी गरिने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार