विप्लव नेतृत्वको नेकपाले सल्यानका ३ पालिकामा दियो स्वतन्त्र उम्मेदवारी

डेली न्युजराप्ती       १३ बैशाख २०७९ १२:१२ मा प्रकाशित     273 No Comments


वैशाख १३, सल्यान ।

विप्लव नेतृत्वको नेकपाले सल्यानमा ३ वटा पालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ ।

जिल्लाको छत्रेश्वरी, कुमाख र दार्मा गाउँपालिकामा नेकपाले टिम सहित स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हो । छत्रेश्वरी गाउँपालिकामा अध्यक्षमा लोक्पाल केसी र उपाध्यक्षमा हिरा बुढाले उम्मेदवारी दिएका छन् । यहाँ ४ वटा वडामा अध्यक्ष सहित सदस्यमा पनि नेकपाले स्वतन्त्र उम्मेदवार उठाएको छ ।

वडा नं १ काे अध्यक्ष मा टाेप बहादुर के सी, वडा नं २ काे अध्यक्ष मा टाेप बहादुर डाँगी, वडा नं ३ काे अध्यक्ष मा चुर्ण वहादुर खड्का र वडा नं ४ काे अध्यक्ष मा लाेक वहादुर वली रहेक छन् ।

त्यस्तै कुमाख गाउँपालिकामा अध्यक्षमा भीम भारती र उपाध्यक्षमा गणेश चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यहाँ नेकपा र जनमोर्चाको गठबन्धन भएको छ । नेकपाले ३ वटा वडा र जनमोर्चाले एउटा वडामा उम्मेदवारी दिएका छन् ।

जसमा वडा नं. ३ काे अध्यक्ष मा गाेपालनाथ याेगी, वडा नं. ४ काे अध्यक्ष मा जयराम के सी (जितेन्द्र ), वडा नं. ७काे अध्यक्ष मा जंग बहादुर चन्द र वडा नं. ६ काे अध्यक्ष मा जनमोर्चाका ढकन प्रसाद शर्माले उम्मेदवारी दिएका छन् ।

दार्मा गाउँपालिकामा अध्यक्षमा दल बहादुर केसी र उपाध्यक्षमा मदन चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दार्मामा ३ वटा वडामा नेकपाले अध्यक्ष सहित सदस्यहरूमा पनि उम्मेदवारी दिएको छ ।

जसमा वडा नं १काे अध्यक्ष मा सुरेश चन्द , वडा नं ३ काे अध्यक्षमा माेहनलाल के .सी (माेहनपुरुष ) र वडा नं ५ काे अध्यक्ष मा चित्र बहादुर खड्का (मिनार) रहेका छन् ।

जिल्लाका अन्य पालिकाहरुमा पनि नेकपा समर्थन स्वतन्त्र उम्मेदवारहरुले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

त्रवेणी काे वडा नं ३ काे अध्यक्ष मा प्रेम बहादुर बुढा , वडा नं १ काे अध्यक्ष मा फुलकुमारि पुन (फुलमाया ), कालिमाटी वडा नं ६ मा कृष्ण के .सी तैनाथ, बागचाैर वडा नं ८ हेमन्ता बुढाथोकी, वडा नं ९ टाेप वहादुर वली, वडा नं २ समिर भण्डारी र वडा नं. ३ काे लाल वहादुर सुनारले उम्मेदवारी दिएको नेकपा सल्यानका सचिवालय सदस्य टंक प्रकाश केसीले बताए ।

लेकाली अनलाइनबाट…

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार