नेकपा राप्ती गाउपालिकाकाे आयाेजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

डेली न्युजराप्ती       ३१ श्रावण २०७८ १६:५० मा प्रकाशित     737 No Comments


हेमन्त वली श्रावण-३१,दाङ।
नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत राप्ती गाउपालिकाको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
जनयुद्धका महान सहिद बुद्धिमान पुन(लक्ष्मण)का माइलो छोरा १९ वर्षिय मुक्ती पुनको श्रावण २८ गतेका दिन बिसालु सर्पले टोकेर मृत्यु भएको थियो। मृतक मुक्ती पुन मगरको श्रद्धाञ्जली कार्यक्रम नेकपा राप्ती गाउपालिकाले भालुबाङमा गरेको जनाएको छ।
श्रद्धाञ्जली कार्यक्रममा नेकपा दाङ जिल्ला बिशेष कमिटी सदस्य बिक्रमको प्रमुख आतिथ्य रहेको थियो।कार्यक्रममा मृतकका ठूलो बुवा नेकपाका दाङ जिल्ला सदस्य भिमप्रकाश पुन,ठूलो आमा बिष्पुरा पुन,नेकपा गढवा-राजपुर गाउपालिका इन्चार्ज सुरज,अखिल नेपाल शिक्षक संगठन दाङ जिल्ला सह-सचिव धनिराम पुन,नेकपा दाङका नेता यक्ष कुमाल,रोल्पाली एकता समाजका अध्यक्ष जित बहादुर घर्ती तथा पुर्व जनमुक्ति सेना नेपालका बटालिएन भी.सी.हिमाल,अखिल(क्रान्तिकारी) दाङ जिल्ला सदस्य रबिनको आतिथ्य रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथी नेकपा दाङ जिल्ला बिशेष कमिटी सदस्य नेता बिक्रमले मृतक प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए।नेता बिक्रमले महान सहिद बुद्धिमान पुनले क्रान्तिकारी आन्दोलनमा निर्बाह गरेको अतुलनीय भुमिकाको स्मरण गर्दै वर्गसंघर्षमा समग्र परिवारले देश र जनताको लागि मुक्ती युद्धमा सहभागी भएको बताएका थिए।नेता बिक्रमले क्रान्तिकारीहरु मृत्युु पछि पनि अमर रहने भन्दै सहिदले देखेको सपना पूरा गर्न आफुहरु फेरि खरानी हुन तयार भएको बताए।उनले हिजोका कमान्डरहरुले धोका दिएपनी आफुहरु निरन्तर देश र जनताको मुक्तीका लागि एकीकृत जनक्रान्तिको महाअभियानमा दृढताका साथ अघि बढिरहेको बताए।कार्यक्रममा मृतकका दाजु कृष्ण पुनले मृतक भाइप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए।

कार्यक्रममा रोल्पाली एकता समाजले मृतक परिवारलाइ नगद रु.५ हजार सहयोग गरेको थियो भने कार्यक्रम पछि श्रद्धाञ्जली व्यक्त गर्न मृतकको घरमा पुगेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले घरायसी खर्च स्वरुप रु.१२ हजार सहयोग गरेका थिए।
श्रद्धाञ्जली कार्यक्रमको अध्यक्षता नेकपा राप्ती गाउपालिका इन्चार्ज हेमन्तले गरेका थिए भने सहजीकरण नेकपा लमही नगर इन्चार्ज जनकले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार