विर्सजनवादको चपेटबाट विप्लवले पार्टी बचाए : ऋषि कट्टेल

डेली न्युजराप्ती       २६ आश्विन २०७९ १६:३३ मा प्रकाशित     220 No Comments


कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नेपाली कम्युनिष्ट आन्दोलनमा विप्लवले विसर्जनवादको चपेटबाट क्रान्तिकारी पार्टीलाई जाेगाएको बताएका छन् । नेकपाको नवौं महाधिवेशनको उद्घाटन सत्रमा मंगलबार कपिलवस्तुको शिवगढीमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष कट्टेलले यस्तो बताएका हुन् । उनले प्रचण्ड, बाबुरामको विर्सजनवाद हुँदै सुदर्शन कञ्चनसम्म आईपुग्दा पार्टीलाई विर्सनवाद र अवसरवादको चपेटाबाट बचाएको दाबी गरे ।
कम्युनिष्ट आन्दोलनमा मात्रात्मक परिवर्तन भएपनि गुणात्मक परिवर्तन नभएको भन्दै उनले गुणात्मक परिवर्तनका लागि क्रान्ति आवश्यक भएको बताए । अध्यक्ष कट्टेलले नेपाली कम्युनिष्ट आन्दोलनमा दुई वटा प्रवृति देखिएको भन्दै एउटा माक्र्सवाद समृद्धि गर्ने नाममा संशोधनवादी बाटोमा जाने र अर्को माक्र्सवादका आधारभूत कुरा समात्ने नाममा जडसुत्रवादी बन्ने प्रवृति छ । उनले भने, ‘वैचारिक रुपमा विर्सनवाद बलियो छ, नेपालमा सत्ता लिएर बसेको छ, यस विरुद्ध लड्न जनक्रान्तिको बाटो लिनुपर्छ ।’

उनले क्रान्तिकारी पार्टीहरु मध्य शक्तिशाली पार्टी विप्लव नेतृत्वको नेकपा भएकाले यसले क्रान्तिको नेतृत्व सबै क्रान्तिकारीहरुलाई सँगै लिएर गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार