नेकपा दाङको नवौं जिल्ला सम्मेलनको बन्द सत्र जारी

डेली न्युजराप्ती       २० भाद्र २०७९ ११:०३ मा प्रकाशित     873 No Comments


भदौ २०,घोराही। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला नवौं सम्मेलनको बन्द सत्र घोराहीमा चलिरहेको छ।
अवसरबाद र फुटपरस्तका विरुद्ध एकीकृत र सुदृढ संगठन ,एकीकृत जनक्रान्तीको बिचार विकासको लागि नवौं दाङ जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ हिजो आइतबारदेखि सुरु भएको सम्मेलन दुईदिनसम्म चल्ने आयोजकले जनाएको छ।

नेकपा दाङको नवौं जिल्ला सम्मेलनको दोस्रो दिनको बन्द सत्रमा नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर(विषम)को प्रमुख आतिथ्य,नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितल,नेकपाका केन्द्रीय सदस्य एवम सल्यान-रुकुम पश्चिम जिल्ला इन्चार्ज सबिन लगाएत नेकपा निकट जवस/मोर्चाका केन्द्रीय समितिका सदस्यहरुको आतिथ्य रहेको छ।
हिजो साझदेखि सुरु भएको बन्द सत्रमा राजनितिक प्रतिबेदनमाथी छलफल भइरहेको छ।

नेकपा दाङको नवौं जिल्ला सम्मेलनले नया नेतृत्व चयन गर्दै आज सकिने आयोजकले डेलिन्युजराप्तीलाई जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार