काठमाडौँ – विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र उम्मेदवार बनेका च्योल्पा गुरुङ निर्वाचित भएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका गुरुङ वडाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
यसअघि नेकपा माओवादी केन्द्रबाट निर्वाचित भनिको भन्दै प्रचार गरिएको थियो । मनाङको नेस्याङ गाउँपालिकाको वडा नम्बर ९ खाङसारमा गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । गुरुङले आफू विप्लव नेतृत्वको नेकपाबाट उम्मेदवार बनेको बताए । ‘म स्वतन्त्र उम्मेदवार हो । माओवादीहरुले आफ्नो भन्दै प्रचार गरेको पाइयो । तपाईँले पनि त्यही समाचार लेख्नु भएछ ।’ उनले भने, ‘त्यो न्यूज सच्याउनु पर्यो । म स्वतन्त्र उम्मेदवार हो । मलाई नेकपाले केन्द्रीय नीति अनुसार निर्वाचनमा सहभागी गराएको हो ।’
मोटिभेट न्युजबाट…
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.