भदौ ३१ , तुलसीपुर । नेकपा पश्चिम दाङले तुलसीपुरको एयरपोर्ट नजिकै हाइसले अटोलाई ठक्कर दिदा भएको दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेको छ ।
नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सी सहितको टोलि आज दिउँसो १:३० बजेतिर दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुगेका हुन् ।
घाइतेहरुको अवस्था बुझ्न पार्टीका सेक्रेटरी निर्मल सी सहित युवा संगठन नेपालका केन्द्रीय सदस्य शुदर्शन सी , अखिल (क्रान्तिकारी) तुलसीपुरका अध्यक्ष केवी सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश वली लगाएत उपस्थित थिए ।
आज बिहान तुलसीपुरको एयरपोर्ट नजिकै हाइसले अटोलाई ठक्कर दिदा भएको दुर्घटनामा ६ जना घाईते भएका थिए ।
घाइते एकजना किशोरको मृत्यु
तुलसीपुरको एयरपोर्ट नजिकै हाइसले अटोलाई ठक्कर दिदा घाइते भएका मध्य एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका –६ गोलौरा निवासी १३ वर्षका दामोदर भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुर प्रसाद पोख्रेलले जानकारी दिनुभयो । भण्डारीको प्रादेशिक अस्पताल तुलसीपुरमा बिहान ११ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
डोक्रेनाबाट रक्षाचौर तर्फ जाँदै गरेको रा१ह ४४५९ को अटोलाई नेपालगञ्जबाट आउँदै गरेको लु २ ख ५९१८ नम्बरको हाइसले एयरपोर्ट नजिकै स्टारबाेर्डिङ चोकमा बिहान करिब ९ बजे पछाडिबाट ठक्कर दिदा दुर्घटना भएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2023 शहिद महान स्मृति संचार गृह प्रा.ली.