माघ १५,दाङ ।
नेपाल कम्युनिस्ट पार्टी दाङले एकीकृत जनक्रान्तिका सहिद गोकुल राणा (क.महान)को शालिक सहितको स्मारक पार्क निर्माण कार्यलाई तिब्रता दिएको छ ।
पार्टीले बबई गाउँपालिका -३ हंसपुर स्थित ज्वाला मार्गमा सहिद महानको स्मृतिमा स्मारक पार्क निर्माण कार्यलाई तिब्रता दिएको हो ।
मंगलबार नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी सहितको टोलीले निर्माणाधिन स्मारक पार्कमा पुगेर अवलोकन गर्दै निर्माण कार्यलाई तिब्रता दिन स्थानीय गाउँकमिटीका नेताकार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।
यस्तै आजदेखि नै स्मारक पार्कको जग तथा फाउन्डेसन कार्यसंगै निर्माण कार्य धमाधम सुरु गरिएको नेकपाले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका केन्द्रीय सदस्य निर्मल सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य उज्वल सी लगाएतको उपस्थिति रहेको थियो ।
पार्टीले निर्माण कार्यलाई जतिसक्दो छिटो सम्पन्न गर्ने योजना बनाएको छ ।
एकीकृत जनक्रान्तिका सहिद क. महानको तत्कालीन केपी वली नेतृत्वको सरकारले नेकपामाथी लगाएको प्रतिबन्धको प्रतिरोध गर्ने क्रममा २०७६ जेठ १२ गते काठमाडौंमा शहादत भएको थियो ।
सहिद महानकि पत्नी मालती सी पार्टी निकट मगर मुक्ती मोर्चा नेपालको केन्द्रीय सदस्य हुनुहुन्छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.