संसदवादी दलका काण्डैकाण्ड,विप्लवले बिनोद चौधरीलाई आलु बेच्ने

डेली न्युजराप्ती       ३ कार्तिक २०८१ ०७:३५ मा प्रकाशित     197 No Comments

कार्तिक ३,दाङ ।
विप्लव सी नेतृत्वको नेकपाले पार्टीले उत्पादन गरेको आलु बिनोद चौधरीलाई बेच्ने सम्झौता गरेको छ ।

संसदवादी दलहरुका काण्डैकाण्डले राजनीति तरंगित भइरहेका बेला विप्लव नेतृत्वको नेकपाको आत्मनिर्भर उत्पादनले राजनीतिको नयाँ कोर्स थालनी गरेको बिश्लेषकहरु बताउछन् ।

नेकपाकी स्थायी समिती सदस्य एवम महिला नेतृ उमा सीले सामाजिक संजाल फेसवुकमा स्टाटस लेख्दै पार्टीले उत्पादन गरेको आलु खरिद तथा बिक्रीवितरणका लागि जनश्रम कृषि सहकारी संस्था लिमिटेड र सिजि फुड्स नेपाल लिमिटेडबिच महत्वपूर्ण सम्झौता भएको उल्लेख छ ।

नेतृ उमा सीले लेखेकी छन् – ‘जनश्रम कृषि सहकारी संस्था लिमिटेड र CG फुड्स नेपाल लिमिटेड बिच उत्पादन गरीएको आलुको खरिद तथा बिक्रीवितरणका लागि महत्त्वपूर्ण सम्झौता भएको छ।’

पार्टीले उत्पादन गरेको आलु खरिद तथा बिक्रीवितरणको सम्झौता चौधरी ग्रुपको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा भएको हो ।

जनश्रम कृषी सहकारी नेकपाले सञ्चालन गरेको सहकारी हो ।

पछिल्लो समय संसदवादी अन्य राजनीतिक दलहरु विभिन्न काण्डैकाण्ड र बिबादमा मुछिएका छन् । भ्रष्टाचारमा चुर्लुम्म डुबेका खबरहरु अखबारमा दैनिक आउने गर्दछन ।
तर विप्लव नेतृत्वको नेकपाले भने पार्टीलाई उत्पादन क्रान्तिमा होमेको छ ।

पार्टीले देशैभरी सयौं बिघा जमिन भाडामा लिएर धान लगाएतका विभिन्न खाद्य बालीको खेती गरिरहेको छ ।

विप्लव आँफै प्राय दैनिकजसो खेतवारीमा श्रम गरिरहेको भेटिने गर्छन् । पार्टीले श्रम , संघर्ष र अनुसन्धानको नयाँ प्रयोग गरिरहेको नेकपाले बताउने गरेको छ ।

नेपालमा संसदीय व्यवस्था असफल भएको र यसको विकल्पमा समाजवादी व्यवस्थाका निम्ति संघर्ष गरिरहेका विप्लवले उत्पादन र श्रम समाजवादका अपरिहार्य साधन भएको बताउँछन् ।

पार्टीले पार्टीको नवौं महाधिवेशनबाट ‘आत्मनिर्भर नेताकार्यकर्ता , आत्मनिर्भर पार्टी , आत्मनिर्भर देश र जनता’को उदेश्यसहित उत्पादन कार्यलाई अगाडि बढाएको हो ।
यतिबेला नेकपाले देशका विभिन्न भुभागमा स-साना उधोग समेत सञ्चालन गरिरहेको छ भने कृषि कार्यलाई अझ बढी प्रभाकारी ढंगले चलाइरहेको जनाएको छ ।

नेकपा एक केन्द्रीय सदस्यले भने – ‘ हामिले चौधरी ग्रुपलाई आलु बेच्ने कुरा संसदवादीहरु लगाएत अन्य केहिलाई सुनिनसक्नु भएको रहेछ । आफ्नो श्रम , पसिना र विवेकमा बिश्वास नगर्ने मगन्ते , गुलामहरुको सोच हो यो । हामी आफ्नै पौरख , श्रम र पसिना सिंचित गरेर यहीँ मुलुकमा बस्छौं , काम गर्छौं , राजनीति गर्छौं , यहीँ माटोलाई सिंगार्छौँ । हामी मागेर ,भिख थापेर ,कुनै व्यापारीसंग जग्गा मागेर कार्यालय बनाउने वा अन्य कुनै काम गरेका छैनौं । हामीले कपिलवस्तुमा भव्य कार्यालय बनाएका छौँ , आफ्नै हातखुट्टा बजारेर , आफ्नै श्रम र लगानीबाट गरेका छौँ । हामीले आलु बेच्ने राजनीति गरेका छौँ , जनताले यहीँ राजनीति मन पराएका छन् । नेपालको भाग्य र भविष्यको फैसला समाजवादले गर्छ त्यसको नेतृत्व नेकपाको हो ।’

नेकपाले कपिलवस्तुमा सञ्चालन गरिरहेको जनकम्युनले सबैको ध्यान आकर्षित गरिरहेको छ ।

केहि समयअघि मात्रै नेकपा (एस)का महासचिव घनश्याम भुसाल र नेकपा (माके) उपमहासचिव जनार्दन शर्माले जनकम्युन अवलोकन गर्दै विप्लवबाट सिक्न जरुरी रहेको बताएका थिए ।

घनश्याम भुसालले त दलाल पुँजीपतिवाट पार्टीलाई जोगाउन विप्लवबाट सिक्नुपर्ने भन्दै उत्पादन कार्यको प्रशंसा समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार