राष्ट्रिय उधोग वाणिज्य महासंघ घोराही नगरको प्रथम भेला सम्पन्न

डेली न्युजराप्ती       ९ श्रावण २०७८ १९:०९ मा प्रकाशित     1109 No Comments


हेमन्त वली श्रावन-९,दाङ।
नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय उधोग वाणिज्य महासंघ दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगरपालिका कमिटीको प्रथम भेला शनिबार घोराहीमा सम्पन्न भएको छ।
दाङ उधोग बाणिज्य संघको सभाहलमा भएको प्रथम नगर भेलालाइ सम्बोधन गर्दै नेकपा दाङ जिल्ला सेक्रेटरी तथा कार्यक्रमका प्रमुख अतिथि प्रदिपले उधोगि व्यपारीका हक,अधिकार प्राप्तिका लागि सम्पुर्ण व्यवसायीहरु महासंघमा संगठित हुन आह्वान गरे।उनले राष्ट्रिय पुजिलाइ धराशायी बनाएर बिदेशी पुजी प्रोत्साहित गर्ने दलाल राज्यका विरुद्ध निर्मम संघर्ष गर्नुपर्ने धारणा राखे। एक फरक प्रसंगमा प्रमुख अतिथी प्रदिपले नेपालमा संसदीय व्यवस्थाको असफलताले व्यापार,व्यवसायमा बर्सेनि ठूलो घाटा हुने बताए।उनले आफ्नो पार्टीले व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमतसंग्रहको एजेन्डा अघि सारेको बताए।जनमतसंग्रह मार्फत बैज्ञानिक समाजवाद कि दलाल पुजिवाद भन्ने विषयमा जनतालाई व्यवस्था छान्न दिनु लोकतान्त्रिक मूल्य मान्यताको उच्चतम प्रयोग भएको धारणा राखे।
कार्यक्रममा मन्तव्य राख्दै बिशिस्ट अतिथी राष्ट्रिय उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष भद्र बहादुर वली(सुधिर)ले कोरोना माहामारिमा राज्यले व्यापारिहरुबाट चर्को कर असुली गरी भ्रस्टाचार,लुटपाट गरेको बताए।उनले यो भ्रष्ट राज्यवाट कोहिपनी राष्ट्रिय पुजिपती,व्यावसायिहरुको संरक्षण नहुने धारणा राखे।
कार्यक्रममा मन्तव्य राख्दै अतिथी युवा संगठन नेपालका केन्द्रिय संयोजक पाटनले आफ्नो व्यवसायिक हक,अधिकार स्थापित गर्नको लागि जिल्लामा संगठन अब्बल र क्रियाशील हुनुपर्ने बताए।उनले संसदीय व्यवस्था नै सबै क्षेत्रमा समस्या बनिरहेको बेला व्यापार,व्यवसायमा पनि ठुलो असर परेको जिकिर गरे।
यस्तै कार्यक्रममा मन्तव्य राख्दै नेकपा घोराही नगर इन्चार्ज तिलकले नगरमा संगठनले व्यवसायीका सबैखाले समस्याहरुको समाधान गर्दै उधोगी,व्यापारिहरुलाइ संगठित गर्नुपर्ने धारणा राखे।उनले लुटिखाने,उधोगी ,व्यापारीहरुलाइ टाट पल्टाउने व्यवस्थाका विरुद्ध बैज्ञानिक समाजवादी राज्यव्यवस्था अपरिहार्यताको सन्देश बोकेर व्यावसायिका घरदैलोमा पुग्न अपिल गरे।
कार्यक्रममा मन्तव्य राख्दै अखिल(क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिलले संसदीय व्यवस्थाको संकट नै नेपालमा उधोगी व्यवसायीहरुको मुल समस्या भएको जिकिर गरे।उनले यो देशमा किन व्यवसायहरु फस्टाउदैनन?प्रश्न गरे।उनले यो व्यवस्थालाई जरैदेखि उखेलेर नफालेसम्म समृद्धि सम्भव नभएको भन्दै एकीकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको विकल्प नरहेको बताए।
सुर्यमणी पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता दिनेश गौतमले गरेका थिए भने सहजीकरण भुपेन्द्र भुसालले गरेका थिए।
प्रथम नगर भेलाले भरत श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय घोराही उपमहानगरपालिका कमिटी चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार