नेकपा दाङद्वारा दिवंगत वलीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

डेली न्युजराप्ती       २९ पुष २०७९ १९:३६ मा प्रकाशित     142 No Comments

पौष २९ , दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङको आयोजनामा दिवंगत भिम लाल वलीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.१५ कोठरी (नयाँबस्ती) निवासी भिम लाल वलीको २०७९ पौष २० गतेका दिन ७२ वर्षको उमेरमा भएको असमायिक निधन भएको थियो ।

नेकपा दाङ जिल्ला कमिटी सदस्य अरुना सीका ससुरा बुवा तथा नेकपा रोल्पा जिल्ला कमिटी सदस्य तथा माडी गाउँपालिका इन्चार्ज सन्दिप सी एवम नेकपा रोल्पा जिल्ला कमिटी सदस्य दिनेश सीका दिवंगत आदरणीय बुवा भिम लाल वलीको स्मृती आयोजित श्रद्धाञ्जली कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य सबिन सीले मृतक आदरणीय बुवाप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सर्वाधिक पिडाको क्षणमा रहेका सिंगो परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य राख्दै नेता सबिनले भन्नुभयो– ‘महान जनयुद्धदेखि एकीकृत जनक्रान्तीसम्म बुवाको योगदान अतुलनीय छ । बुवाले सधै यो देशको अग्रगामी परिवर्तन चाहानुहुन्थ्यो । जनयुद्धका थुप्रै अप्रेसनहरुमा बुवाले क्रान्तिलाइ टेवा पुर्याउनुभएको हो । आज बुवालाइ सच्चा श्रदासुमन अर्पन गर्नुभनेको उहाँले देखेको सुन्दर समाज निर्माण गर्नु हो ।’

नेता सबिनले मृत्यु संस्कारलाई सरल र वैज्ञानिक बनाउनुपर्ने भन्दै नयाँ संस्कार र संस्कृतिको बारेमा आफ्नो पार्टीले बहस र अभ्यास अगाडि बढाइरहेको समेत स्पष्ट पार्नुभएको थियो ।
मान्छेको भौतिक शरिर नस्ट भइसकेपछि पुरानो रुढीबादी संस्कार संस्कृती अनुसार गरिने सबै कार्य भ्रम हुन , उनले थपे ‘ जैविक शरीर नस्ट भइसकेपछि पुनर्जन्म , स्वर्ग र नर्क भन्नुनै गलत हो । मान्छे बाच्दासम्म ख्याल नगर्ने मृत्युवरण भइसकेपछी काजकृयाको नाममा गरिने सबै कार्य गलत छन । हामीले यी सबै रुढीबादी संस्कारको विकल्पमा नयाँ वैज्ञानिक संस्कारको थालनी गर्नुपर्छ । रुढीबादी संस्कारको विकल्पमा बरु मृतकको स्मृतिमा अक्षयकोष स्थापना , बृक्षारोपण , फलफुल वितरण , सामाजिक सेवामा लगानी गरेर मृतकलाई सदा जिवित राख्ने प्रयत्न गर्नुपर्ने हुन्छ ।’

श्रद्धाञ्जली कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन सी , नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य विश्व सी र मृतक आदरणीय बुवाका साइलो छोरा नेकपा रोल्पाका जिल्ला कमिटी सदस्य सन्दिप सीले बुवाको जिवनी सहित श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका हुन ।

नेकपाका केन्द्रीय सदस्य सबिन सीको प्रमुख आतिथ्य तथा दिवंगत बुवा भिमलाल वलीका जेठा छोरा दिनेश सी , माइलो छोरा रण बहादुर वली , साइलो छोरा सन्दिप सी , छोरी पन्जकुमारी केसि , बुहारीहरु सुमिता वली , अरुना सी , गोकुमारी , दाजु दिल बहादुर वली , भाइ भक्त बहादुर वली , नेकपाका केन्द्रीय सदस्य बिक्रम सी , नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्यहरु निर्मल सी , विश्व सी , तिलक सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाशको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

नेकपा दाङका सचिवालय सदस्य रुद्र सीको संचालनमा भएको कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी जनक सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार