भोलि सार्वजनिक विदा

डेली न्युजराप्ती       १४ पुष २०७८ १८:३२ मा प्रकाशित     813 No Comments


न्यूजराप्ती,दाङ। नेपाल सरकारले भोलि बिहीवार तमु ल्होसारको सार्वजनिक विदा दिएको छ ।
मन्त्रिपरिषद्को केहीबेरअघि बसेको बैठकले सो निर्णय गरेको हो ।
यसअघि नेपाल सरकारले राजपत्रमार्फत ल्होसारमा सम्बन्धित समुदायलाई मात्रै विदा दिने निर्णय गरेको भए पनि राष्ट्रिय महत्वलाई ख्याल गरी देशभरि सार्वजनिक विदा दिने निर्णय गरिएका भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयो।

देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कूटनीतिक नियागमा पनि विदा दिइने छ ।

लोसार विशेषत: तिब्बती, नेपालको शेर्पा, गुरुङ र तामाङ जातीले नयाँ वर्षको रूपमा मनाउने नेपालको एक मुख्य पर्व हो । लोसार बौद्ध धर्म अनुयायी तामाङ्ग, शेर्पा, गुरुङ, थकाली आदि जातीले महत्त्वपूर्ण पर्वका रूपमा मनाउँछन् ।

यो चाड नेपालका विभिन्न जातजाती, धर्मालम्वी खासगरी मंगोल मूलका केही प्रजातिहरूले धुमधामका साथ मनाउछन् । यद्यपि पछिल्लो समयमा नेपालमा बसोबास गर्ने सबै जातीले यो चाड मनाउन थालेका छन् । लोसार पर्वका लागि नेपालमा सार्वजनिक विदा दिइन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार