नेकपाका पिविएम असल र पार्टीका ब्युरो इन्चार्ज सविन सहितको एकीकृत घुम्ती भुकम्प पीडितको उद्दारमा

डेली न्युजराप्ती       २० कार्तिक २०८० ११:०१ मा प्रकाशित     92 No Comments

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीको एकीकृत घुम्ती टिम (सहायता सामग्री, मेडिकल टिम, उद्दार टीम)सहित लगातारभुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठविसकोटमा पीडितहरुको उद्धारमा लागिरहेको छ ।

नेकपा राप्ती ब्यूरो इन्चार्ज सविन सी, पी.वी.एम.असल सी, पार्टीका केन्द्रीय सदस्य तथा रुकुम जिल्ला इन्चार्ज चन्द्र सी लगायतको टोलीले भुकम्प प्रभावित क्षेत्र आठविसकोटमा स्थानीयहरुकाे उद्धारमा खटिरहेकाे छ । घाइते स्थानीयहरुलाई मलमपट्टी, औषधीउपचार गर्नुका साथै दाङबाट संकलित राहत सामग्रीहरु वितरण गरिएको छ ।

उद्धार कार्यमा जुटिरहेका नेकपा राप्ती ब्युरो इन्चार्ज सविनले भने, ‘भुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठविसकोटमा पीडितहरुको पिडा र दु:खमा साथदिने प्रयत्न गरिरहेका छौं, हाम्रो सहयोग, पिडा र दु:खको यो महासागरमा थोरै छ, थोरै मात्र सहयोग पनि दु:ख र पिडाको साथी बन्न सक्छ तसर्थ हामी फेरिपनि सबैसँग सहयोगको याचना गर्दछौं ।’

तत्काल जरुरी परेका सामग्रीहरु लत्ताकपडा-बल्याङकेट, सिरक डसना, लगाउने तातो कपडा, त्रिपाल, टेन्ट, खाद्यान्न – दाल चामल तेल, पुनर्निर्माणका सामग्री र व्यवस्थापकीय प्याकेज रहेको इन्चार्ज सविन जानकारी दिए ।

सहयाेग गर्न चाहने सहयोग दाताहरुले भुकम्प प्रभावित क्षेत्रमा खटिरहेका सविन सी ९८५७८२१९३६, चन्द्र सी ९८४९८२५२७९ लाई सिधैँ सम्पर्क गर्न सकिने उनलेे जानकारी गराए ।

नेकपाकाे एकीकृत घुम्ती टिमलाइ नेकपा पश्चिम दाङले त्रिपाल, कम्बल, म्याटेस, सल, सिरक, डसना, तन्ना, औषधि, लगाउने कपडा लगाएतका राहत सामाग्री समेत हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार