क्रान्तिको रक्षा गर्नु क्रान्तिकारीको दायित्व होः भरत सी

डेली न्युजराप्ती       १४ मंसिर २०८० ०८:५२ मा प्रकाशित     191 No Comments

धिरज

धनगढी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले क्रान्तिको रक्षा गर्नु क्रान्तिकारीहरुको दायित्व भएको बताएका छन ।

बुधबार कैलालीको घोडाघोडीमा आयोजित ब्यूरो स्तरीय स्कुलिङ्ग कार्यक्रमको उद्घाटन गर्दै स्थायी समिति सदस्य भरत सीले यस्तो कुरा बताएका हुन ।

स्कुलिङ्ग विभागका इन्चार्ज समेत रहेक भरतले प्रतिक्रान्तिको संकेत बढ्दै गएकाले क्रान्तिका उपलब्धीहरुको रक्षा गर्नु पर्ने दायित्व नेपाल कम्युनिष्ट पार्टीको काधँमा आएको बताए ।

दुर्गाप्रसाईको आन्दोलनले प्रतिक्रान्तिको संकेत देखिएको बताउदै उनले दलाल सत्ताका कारण जनतामा वितृष्णा उत्पन्न भएको बताए ।उनले संसदीय ब्यबस्था असफल भई सकेको बताउदै नेपाली जनताले विकल्प खोजिरहेको बताए ।

सही विचार र जनताको एकीकृत सम्बन्धले समाजबाद ल्याउन सकिने बताउदै उनले सिद्धान्त हुँदा हुदै पनि दिन काट्ने राजनीतिको काम नभएको बताए ।

नेता भरत सीले देशमा कम्युनिष्टहरुको बाहुल्यता भएको बताउदै दर्शनको विकास गरे पनि लागु गर्न नसकेकै कारण कम्युनिष्टहरु पछाडि परेको बताए ।

उनले सत्य र शक्तिको अन्तर्सम्बन्ध मार्फत देशमा देखिएको प्रतिक्रान्तिको संकेतलाई परास्त गर्न जरुरी भएको बताए ।उनले देशमा पश्चिमा सभ्यताले जरा गाडेको बताउदै नेपाल कम्युनिष्ट पार्टीले आफ्नै संस्कृित, आफ्नै उत्पादन, आफ्नै दर्शनको विकास गरेर अगाडि बढ्न एकीकृत जनक्रान्तिको माध्यमबाट बैज्ञानिक समाजबादको लक्ष्य तय गरेको बताए ।

समाजबाद प्राप्त गर्ने कुरा मात्र प्रमुख नभई त्यसलाई टिकाउने कुरा प्रमुख भएको बताउदै उनले त्यसको अभ्यास आजैबाट गर्नु पर्ने बताए ।नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा स्कुलिङ्ग विभाग प्रमुख भेषराज सीले क्रान्तिकारी पार्टीका नेताहरुले भौतिक विज्ञान,सैन्य विज्ञान, राजनैतिक अर्थशास्त्र,बैज्ञानिक समाजबाद र श्रम सम्बन्धी राम्रो जानकारी राख्न आवश्यक भएकाले स्कुलिङ्ग अनिबार्य भएको बताए ।

अर्का पोलिट ब्यूरो सदस्य विकल्प सीले स्कुलिङ्गले नयाँ बाटो तय गर्ने बताउदै पहिले समाजबादी बन्न आवश्यक भएको बताए ।समाज विज्ञानको शल्यक्रिया गर्नु पर्ने बताउदै उनले जनता र पार्टीको सम्बन्धलाई मजबुत बनाउन शल्यक्रिया आवश्यक भएको बताए ।

त्यसैगरी केन्द्रिय सदस्य तथा सेती ब्यूरो इन्चार्ज भगत सीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य केन्द्रीय सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज प्रकाश सिले राखेका थिए ।  कार्यक्रमको सञ्चालन महाकाली ब्यूरो ईन्चार्ज समर सीले गरेका थिए । स्कुलिङ्ग मंसिर १८ गते सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार