नेपालमा बदनाम नभएको एकमात्र पार्टी नेकपा हो : प्रदिप सी

डेली न्युजराप्ती       २० जेष्ठ २०८१ ०७:४१ मा प्रकाशित     195 No Comments

जेठ २०, तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य प्रदिप सीले नेपालमा बदनाम नभएको एकमात्र पार्टी नेकपा भएको ठोकुवा गर्नुभएको छ ।
शनिबार तुलसीपुर ४ लामिदमारमा पार्टीको ४ नं. वडा कमिटीको बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता प्रदिपले उक्त कुरा बताउनुभएको हो ।

नेकपा दाङ क्षेत्र नं. ३ इन्चार्ज समेत रहेका प्रदिपले भन्नुभयो– ‘ नेपालमा बदनाम नभएको पार्टी हाम्रो हो । हाम्रो पार्टीका बरेमा कसैले केही आरोप लगाउन सक्छ?त्यो कसैले सक्दैन । नेपालमा ठुला पुराना भनिएका र नयाँ आएका जोगिहरुका कथाव्यथा उस्तै छन् । सबै दल र तिनका नेताकार्यकर्ता चुर्लुम्म भ्रष्टाचारमा डुबेका छन् ।कुनै पार्टी , कोहि मान्छे चोखो छैन् , सबै कुनै न कुनै काण्डमा मुछिएका छन् । नयाँ भनिएका रवीहरु झन बेस्सरी गन्हाएका छन् । त्यसैले यी पार्टी र यो व्यवस्थाबाट समृद्धि र सुसासन सम्भव छैन् ।’

हाम्रो पार्टी आफ्नै श्रममा बाँचेको छ , उहाँले भन्नुभयो,‘ हाम्रो पार्टीको नीति आत्मनिर्भर उत्पादन प्रणालीको हो ।महासचिवदेखि तल्लो तहका नेताकार्यकर्तासम्म हामी उत्पादनमा जोडिएका छौँ । हामी आफ्नै पौरखमा र पसिनामा बाँचेका छौँ , पार्टीपनि सञ्चालन गरेका छौँ ।जब नेता श्रममा जोडिदैन उ परनिर्भर बन्छ अनि भ्रष्टाचारको सुरुवात त्यहीँबाट हुन्छ । आफू आत्मनिर्भर नहुने हो भने बिदेशीको गुलामी गर्नुपर्ने हुन्छ वा भ्रष्टाचार त्यो हामी गर्न चाहादैनौँ । हामी पार्टीका नेताकार्यकर्ता मात्रै होइन जनतालाई पनि संगसंगै यो अभियानमा हिडाएका छौँ । राजनीतिक क्रान्तीसंगै आर्थिक क्रान्तीलाई अगाडि बढाएका छौँ । हाम्रो त अपिल छ नेपालका सबै पार्टीहरु उत्पादनमा सहभागी बनुन र यो देशलाई आत्मनिर्भर बनाउने अभियानमा लागुन ।’

हामी हाम्रै तरिकाले लडिरहेका छौँ , उहाँले फेरि भन्नुभयो– ‘ यहाँका प्रतिक्रियावादी र बिदेशी साम्राज्यवादीहरुले कम्युनिस्ट जनता ,कार्यकर्तालाई निराश बनाउन हाम्रा विरुद्ध अनेकौं प्रचारबाजि गरेका छन् , त्यो कुरा सत्य होइन् । अमेरिकी साम्राज्यवाद नेपालमा कम्युनिस्टहरुको रातो झण्डालाई समाप्त पार्ने योजनासहित आएको छ त्यसका विरुद्धमा हामी हाम्रै तरिकाले लडिरहेका छौँ । दुश्मनलाई झन सजिलो बनाइदिने गरि सोच्नु हुँदैन , उसको योजनालाई विफल बनाइदिनुपर्छ । अब नेपालका कम्युनिस्ट , बामपंथी , देशभक्त , सच्चा लोकतान्त्रिक गणतन्त्रवादीहरु एकजुट हुने बेला आएको छ । मुलुकमा दुइवटा खतरा बढिरहेका छन् , एउटा प्रतिगमनको खतरा छ भने अर्कोतिर अमेरिकाले एमसिसि मार्फत नेपाललाई युक्रेन बनाउने रणनीति अख्तियार गरेको छ । अब कम्युनिस्टहरु साम्राज्यवादका विरुद्ध संयुक्त मोर्चाबन्दी गरेर लड्नुपर्छ। जनमतबाट होस या बिद्रोहवाट किन नहोस साम्राज्यवादी योजना सफल हुन दिनुहुँदैन।’

नेता प्रदिप सीले नेकपाले ०८४ को निर्वाचनलाई संघर्षको मोर्चा बनाएर समाजवादी अभियानको रुपमा प्रयोग गर्ने समेत बताउनुभएको हो ।

उहाँले भन्नुभयो – ‘हामीलाई जनमत बिरोधीको आरोप लगाइन्छ तर हामी जनतम बिरोधी होइन । नेकपा जनमत बिरोधी वा निर्वाचन बिरोधी पार्टी होइन । हामी अहिलेको राज्यव्यवस्थाको अन्त्य चाहान्छौँ र यसलाई समाजवादमा रुपान्तरण गर्न चाहान्छौँ ।हामीले राज्यलाई विकल्प दिएका छौँ जनतमसंग्रहको विकल्प , संविधान संसोधनको विकल्प वा बिद्रोहको बाटो जे बाट भएपनी हामी तयार छौँ तर यो अहिलेको संसदीय व्यवस्थाले जनताको अधिकारको प्रतिनिधित्व गर्न सकेन , शान्ति , समृद्धि र स्वाधीनताको रक्षा गर्न सकेन । जनतमसंग्रह भनेको जनतम लिने कुरा हो त्यसमा हामी तयार छौँ तर राज्य भागिरहेको छ । डर हामीमा होइन समाजवादी एजेन्डामा अहिलेको दलाल राज्यको पराजय निस्चित हुन्छ भनेर उनिहरु भागेका हुन् । हामी ०८४ को निर्वाचन पनि प्रयोग गर्छौं । कम्युनिस्ट जनमतका विरुद्ध साम्राज्यवादको रणनीति कुनैपनी हालतमा सफल हुन दिदैनौँ । कम्युनिस्ट जनमतलाई जोगाउन , साम्राज्यवादी रणनीतिलाई रोक्न संघर्षको मोर्चा बनाएर समाजवादी अभियानका रुपमा निर्वाचन प्रयोग गर्ने निर्णय गरेका छौँ। जनताले एकपटक हाम्रो नेतृत्व र पार्टीलाई भरपुर बिश्वास गर्नेछन् ।’

यस्तै बैठकमा प्रशिक्षण मन्तव्य राख्दै पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले पार्टीको ६ महिने आवधिक योजनालाई सफल पार्न नेताकार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति नयाँ ठाउमा पुगेको भन्दै पार्टीका नेताकार्यकर्ता पनि नयाँ अन्तरविरोधसंग जुध्न नयाँ बनेर गाउँगाउँमा पुगेर अभियान सञ्चालन गर्न आह्वान गर्नुभयो ।

बैठकले धर्मराज सीको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी पुनर्गठन गरेको छ ।

यस्तै बैठकले वडामा संगठन सुदृढीकरण एवम विस्तार अभियान सञ्चालन गर्ने , पार्टी कार्यकर्तासम्को प्रशिक्षणमा सबै नेताकार्यकर्ता सहभागी हुने , टोल कमिटी , सेल कमिटीहरु गठन/पुनर्गठन गर्ने निर्णय गरेको हो ।

पार्टीका तुलसीपुर ४ का सेक्रेटरी धर्मराज सीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. ३ इन्चार्ज प्रदिप सीको प्रमुख आतिथ्यता रहेको थियो भने बैठकमा पार्टीका जिल्ला सेक्रेटरी तिलक सी बिशेष अतिथी रहनुभएको थियो ।
बैठकमा जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश संयोजक हेमन्त प्रकाश वलीको आतिथ्यता रहेको थियो।

बैठकको सञ्चालन पार्टीका वडा इन्चार्ज रुद्र सीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार