नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगरपालिका वडा कमिटीको वैठकमा व्यस्त

डेली न्युजराप्ती       १८ श्रावण २०७८ ०८:१२ मा प्रकाशित     848 No Comments


न्यूजराप्ती श्रावन-१८,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिती दाङ अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा कमिटीको वैठकमा व्यस्त रहेको छ।
नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर इन्चार्ज बिकाशले पालिकाका १,२,९,१५,४,६ वडाहरुको वैठक सकिएको र अन्य वडामा तयारी भइरहेको बताएका छन।वैठकले महत्वपूर्ण निर्णय लिएको बताइएको छ।
पार्टी सदस्य नविकरण/आबेदन व्यापक गर्ने,सेल कमिटीको बैठक तत्काल बस्नुपर्ने,वडा स्तरमा जबस मोर्चाका कमिटी निर्माण गर्ने,पार्टी सदस्यहरुको प्रशिक्षण गर्ने, जिल्ला,वडा,पालिका टोल र कोणसभामा व्यापक जनपरिचालन गर्ने,लेबि नियमित र अनिवार्य गर्ने,एमसिसीको विरुद्ध संघर्ष गर्ने,भ्रस्टाचार,महिला हिंसा,जातिय छुवाछूतको बारेमा संघर्ष गर्ने,वडा कमिटी उत्पादनमा सक्रिय रहने जस्ता महत्वपूर्ण निर्णय लिएको इन्चार्ज बिकाशले बताए।
बैठकले तुलसीपुर उपमहानगरपालिका वडा नं.१ मा डम्बर अर्याल सेक्रेटरी सहित १४ सदस्यीय वडा कमिटी गठन गरेको छ।तुलसीपुर उपमहानगरपालिका वडा नं.२को वैठकले टेक बहादुर भण्डारी वडा सेक्रेटरी सहित ९ सदस्यीय वडा कमिटी गठन गरेको छ।
यस्तै श्रावन-१२ गते सम्पन्न तुलसीपुर-९ को वैठकले गंगाधर गैरेलाई सेक्रेटरी चयन गर्दै ११ सदस्यीय वडा कमिटी गठन गरेको थियो भने अक्षय चन्द संयोजक रहने गरि १३ सदस्यीय युवा संगठन नेपालको वडा कमिटी गठन गरिएको थियो।
तुलसीपुर-१५ को वैठकले नबराज दाहाललाई वडा सेक्रेटरी चयन गर्दै ९ सदस्यीय वडा कमिटी गठन गरेको हो। तुलसीपुर-४ को वडा कमिटीको वैठकले फर्साराम खनाललाइ सेक्रेटरी चयन गर्दै ७ सदस्यीय वडा कमिटी गठन गरेको छ।
यस्तै श्रावन-१६ गते सम्पन्न तुलसीपुर-६ को वडा कमिटीको वैठकले जित वहादुर परियारलाइ वडा सेक्रेटरी चयन गर्दै १५ सदस्यीय वडा कमिटी गठन गरिएको तुलसीपुर-६ का वडा इन्चार्ज खेमराज वलीले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार