हेमन्तप्रकाश वली ।
असोज १८,घोराही । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पाटन सीले १ बिघा जमिनमा टमाटर खेती सुरु गर्नुभएको छ ।
घोराही-१८ नवलपुरमा करिब १ बिघा जमिन भाडामा लिएर नेता पाटनले व्यवसायिक टमाटर खेती सुरु गर्नुभएको हो ।
उहाँले अकिरा बहुउद्देश्यीय कृषि तथा पशुपंक्षि फर्म दर्तागरि ५ वर्षलाई जमिन भाडामा लिएर खेति सुरु गरेको बताउनुभयो ।
पार्टीको निति पनि नेताकार्यकर्ता आत्मनिर्भर बन्नुपर्दछ भन्ने हो , उहाँले भन्नुभयो – ‘देशैभरी पार्टीका नेताकार्यकर्ता उत्पादनमा जोडिएका छौँ । पार्टीको निति नै नेताकार्यकर्ता आत्मनिर्भर बन्नुपर्छ भन्ने नै हो । सामुहिक र व्यक्तिगत उत्पादनमा देशैभरीका नेताकार्यकर्ता जोडिएका छौँ । मैलेपनि कृषि फर्म दर्ता गरेर व्यवसायिक खेती गर्दैछु । हामिले घोराहीमा पार्टीको नगर कमिटीको स्वामित्वमा ४ बिघामा धान खेती पनि गरेका छौँ ।’
नेता पाटन सीले हालसम्म टमाटर खेतीमा ६ लाख बढि लगानी गरेको बताउनुभयो ।
उहाँले दैनिक कामअनुसार ४-६ जनासम्मले ज्यालादारीमा रोजगारी गरिरहेको समेत बताउनुभएको छ ।
फोटोफिचर:









सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.