दाङको शान्तिनगरमा ‘वर्तमान राष्ट्रिय संकट र समाधान’ विषयक अन्तरक्रिया सम्पन्न

डेली न्युजराप्ती       २९ माघ २०८० १२:४८ मा प्रकाशित     157 No Comments

हेमन्त प्रकाश वली ।

माघ २९ , तुलसीपुर । दाङको शान्तिनगर गाउँपालिकामा ‘वर्तमान राष्ट्रिय संकट र समाधान’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

आइतबार नेकपा शान्तिनगर गाउँकमिटीको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

नेकपाका पिबिएम सन्जीब सीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य प्रदीप सी , नेकपा पश्चिम् दाङका सचिव निर्मल सी , नेकपा निकट विभिन्न जवस/मोर्चाका प्रतिनिधिहरु लगाएत पालिकामा क्रियाशिल राजनीतिक दल , जनप्रतिनिधि , संघ/संस्था , सामाजिक क्षेत्रका प्रतिनिधि , शिक्षाप्रेमी , मानवअधिकारकर्मी , बौद्धिक व्यक्तित्व , समाजसेवी , पत्रकार लगाएतको बाक्लो उपस्थिति रहेको थियो ।

नेकपाका पिबिएम सन्जीब सीले अन्तरक्रिया कार्यक्रममा अवधारणा पत्र पेश गर्दै अहिलेको संकट कुनै अमुख पात्र र व्यक्तिको मात्रै संकट नभएर संसदीय व्यवस्थाको संकट भएको जिकिर गर्नुभएको थियो ।

उहाले भन्नुभयो – ‘ मुलुक अहिले गम्भीर संकटमा छ भन्ने कुरा हामिले मात्रै होइन सरकारमै भएका मान्छेहरुले समेत भन्ने गरेका छन् तर त्यसको निकासको बारेमा कसैले पनि चिन्ता गरेको देखिदैन । हामिले अहिलेको भनेका छौँ अहिले संकट केवल अमुख पात्र र व्यक्तिको मात्रै संकट नभएर संसदीय व्यवस्थाको संकट हो । यसको निकास नेपाली बिशेषताको समाजवाद हो भन्ने हाम्रो निष्कर्ष हो । हामी नेपालका सबै राजनीतिक दललाई नेपाली बिशेषताको समाजवाद जाऔं भनेर अपिल गरिरहेका छौँ , यदि त्यसो गरिएन भने मुलुक बर्बादीतिर जानेछ।’

नेता सन्जीब सीले राष्ट्रघाती एमसिसी परियोजना लगाएतका तमाम राष्ट्रघाती सन्धी-सम्झौताहरु पुर्ण खारेजी गर्नुपर्ने समेत बताउनुभएको हो ।

अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य प्रदीप सी , शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत , गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनीका प्रमुख रुद्र सी , शान्तिनगर २ का वडा अध्यक्ष सुनिल वली , नेपाली कांग्रेस शान्तिनगरका सभापति झलक केसी , नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रतिनिधि देवराज रिजाल , नेकपा एमालेका खुम बहादुर वली , माओवादी केन्द्र शान्तिनगरका अध्यक्ष नेव वहादुर रोका , माओवादी केन्द्र क्षेत्रीय निर्वाचन संयोजक मोहन वली , जेष्ठ नागरिक मन्च लुम्बिनी प्रदेश सदस्य नर बहादुर वली , नेकपा एस शान्तिनगरका अध्यक्ष  खम्बु जैसी , विव्यस अध्यक्ष देवराज मल्ल , सामुदायिक बनका अध्यक्ष लक्ष्मण केसी , अखिल (क्रान्तिकारी) पश्चिम दाङका जिल्ला कमिटी सदस्य केवी वली लगाएतले अवधारणा पत्रमाथी टिप्पणी व्यक्त गर्नुभएको थियो ।

नेकपा पश्चिम दाङका जिल्ला सदस्य मनोज सीको सञ्चालनमा सुरु भएको कार्यक्रमको अध्यक्षता नेकपा शान्तिनगरका इन्चार्ज सुधार सीले गर्नुभएको थियो ।

अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय सदस्य बिजय सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा तुलसीपुरका इन्चार्ज भुवन सी र नेकपा बबईका इन्चार्ज उज्वल सीको समेत आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार