दाङ। प्रणय दिवश (भ्यालेन्टाइन डे) कै दिन भद्रपुर नगरपालिका-१ लाहुरे चौक झापामा श्रीमानले श्रीमतीको चक्कु हानेर हत्या गरेका छन् । ३४ वर्षीय अमरबहादुर तामाङले आफ्नी श्रीमतीको आज बिहान साढे ५ बजे हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार तामाङले उनकी श्रीमती ३४ बर्षीय अनिताले मोबाइल बिगारेका कारण घाँटी तथा शरिरमा चक्कु प्रहार गरी आफ्नै घरमा हत्या गरेको प्रहरीले बताइएको छ । श्रीमतीको हत्या गर्ने तामाङ भने अहिले प्रहरी नियन्त्रणमा छन् । उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।मृतक अनिताको शवलाई भने कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि मेची अस्पताल लगिएको प्रहरीले जनाएको छ।
जनबाटोबाट
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.