कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला समितिको आयोजनामा जिल्लाभर रहेका पार्टी सदस्यसम्मको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यतामा केन्द्रीय सदस्य बिजय र सुशिल, बिशेष कमिटी सदस्य अडिग, जिल्ला सल्लाहकार संयोजक हिमाल र सहिद परिवार सङ्गठनका जिल्ला अध्यक्ष सङ्घर्षको आतिथ्यतामा भव्यतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्ष केन्द्रीय सदस्य तथा नेकपा कपिलवस्तु इन्चार्ज जुझारुले गरेका थिए भने सञ्चालन नेकपा कपिलवस्तु सचिव कमलले गरेका थिए । प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि, अतिथिलगायत सम्पूर्ण सहभागी पार्टी सदस्यहररूलाई नेकपा विशेष कमिटी सदस्य तथा राष्ट्रिय थारु मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सुनिलले स्वागत मन्तव्यसहित स्वागत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि महासचिव विप्लवले प्रशिक्षणमा बोल्दै लामो समयदेखि लुम्बिनी क्षेत्र मै भएको बताए । उनले भने, ‘हाम्रो पार्टीतिर सबैले फर्केर हेरेका छन ।’ जनताको त्यो चाहना र अपेक्षालाई पूरा गर्नुपर्ने पार्टीको अभिभारा भएको उनको भनाइ थियो । फरक प्रसङ्गमा एमसीसी एक हजार बर्षभित्र अमेरिकाको खतरा भएका बिषयमा विश्वमा गर्ने अमेरिकी काम भएको र एमसीसीका बिषय युवा, विद्यार्थी, शिक्षक, मजदुर, श्रमजीवी, उद्याेगी, व्यवसायी, नेपाल प्रहरी, नेपाली सेना, कर्मचारी र सम्पूर्ण जनता असन्तुष्ट रहेको साथै एमसीसी संसद्बाट पास भएपनि नेपाली जनताबाट पास नभएको उनले बताए ।
प्रशिक्षण कार्यक्रममा महासचिव विप्लवले पार्टीको १२ औँ केन्द्रीय समितिको दस्ताबेजको ब्यख्या गर्दै दृढतापूर्वक कार्यान्वयन गर्न निर्देशन दिए । यस्तै कार्यक्रममा प्रशिक्षण मन्तव्य नेकपा केन्द्रीय सदस्य सुशिल र बिजयले पनि राखेका थिए । कार्यक्रमको समापन कार्यक्रमका अध्यक्ष जुझारुले गरेका थिए ।
रातोखबरबाट
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.