एकीकृत कृषि तथा पशुपंक्षी विकास सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न

डेली न्युजराप्ती       २७ पुष २०८२ १५:४१ मा प्रकाशित     107 No Comments

पुष २६ , तुलसीपुर । तुलसीपुर -५ मा केन्द्रीय कार्यालय रहेको एकीकृत कृषि तथा पशुपंक्षी विकास सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ।
शनिबार संस्था सञ्चालक समितिका अध्यक्ष प्रदिप बहादुर वलीको अध्यक्षता तथा सहकारीका जेष्ठ सदस्य एवम नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य बल बहादुर वली (शितल)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

वार्षिक साधारणसभाले आर्थिक प्रतिवेदन , वार्षिक प्रगति प्रतिवेदन पारित गरेको छ ।

साधारण सभाले आगामि रणनीतिक योजना र बजेट तर्जुमा , उत्पादन क्षमता विस्तार , खर्च नियन्त्रण र दक्षता वृद्धि , साझेदारी उत्पादन विकास , बजारीकरण र व्यवस्थापन प्रणालीमा सुधारका लागि छलफल एवम बजेट प्रस्ताव गरेको छ ।

सहकारीको वार्षिक साधारणसभामा ०८१/०८२ का प्रमुख उपलब्धिहरु , ०८२/०८३ का लागि प्रस्तावित निति तथा कार्यक्रमहरु , सहकारी संस्थाका सिमा समस्या तथा कमजोरीहरुका बारेमा गम्भीर विमर्श सहित महत्वपूर्ण निष्कर्ष सहित निर्णयहरु पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार