आप्रवासीमाथी ट्रम्प कडा बन्ने,पहिलो दिनदेखि छापा मार्ने चेतावनी

डेली न्युजराप्ती       ६ माघ २०८१ २१:२६ मा प्रकाशित     107 No Comments

एजेन्सी । ट्रम्पले अवैध आप्रवासीमाथि पहिलो दिनदेखि छापा मार्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा अनुमतिविना बसोबास गर्ने आप्रवासीहरूलाई पक्राउ गर्न र आफनो मुलुक फिर्ताका लागि ट्रम्प प्रशासनको पहिलो  दिनदेखि नै छापा मार्न शुरु गर्ने जनाइएको छ । ट्रम्पले आउँदो सोमबार राष्ट्रपति जो बाइडेनलाई बिदाई गर्दै राष्ट्रपति पदको सपथ लिदैंछन।

ट्रम्पको आप्रवासी समबन्धि प्रशासन हेर्ने टम होमनले अवैध आप्रवासीहरूमाथि ठूलो छापा मार्ने धम्की दिएका छन् । शिकागो, ठूलो आप्रवासी जनसंख्या भएको शहरमा मंगलबारदेखि छापा मार्न शुरु हुन सक्ने अमेरिकी संचार माध्यम न्यूयोर्क टाइम्स र वाल स्ट्रीट जर्नलले बताएका छन् ।  फक्स न्यूजसँगको अन्तर्वार्तामा, होमनले देशभर “ठूलो छापा मार्ने“बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार