तुलसीपुर , साउन १२। दाङको तुलसीपुरमा अर्को बलात्कारको घटना भएको छ । तुलसीपुरमा १४ वर्षिया बालिका बलात्कृत भएकी छिन् । मंगलबार दिउसो साढे २ बजेतिर १४ बर्षीया बालिका बलात्कृत भएकी हुन् ।
बलात्कारको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका – ११ निवासी २३ वर्षीय बिनोद वलीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार वलीले ति बालिकालाई घर नजिकैको मकै बारीमा बोलाई बलात्कार गरेका हुन् ।
बलात्कार पछि अचेत अवस्थामा रहेको अवस्थामा उनकी आमाले भेटाएकी थिइन् । अहिले उनको अवस्था सामान्य रहेको छ । वलीलाई विहीबार पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
केही दिन अघि मात्रै तुलसीपुरमा ७३ बर्षीया बृद्ध महिला र ११ बर्षीया बालिका बलात्कृत भएका थिए । तुलसीपुरमा पछिल्लो समय बालात्कारका घटना बढिरहेका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.