नेकपा दाङको शान्तिपुर्ण कार्यक्रममा आजपनी प्रहरी हस्तक्षेप,गिरफ्तार ४ नेता रिहा

डेली न्युजराप्ती       २३ कार्तिक २०७९ २२:१३ मा प्रकाशित     471 No Comments

कार्तिक २३ , घोराही । नेपाल कम्युनिस्ट पार्टी दाङको कार्यक्रममा आजपनि प्रहरीले हस्तक्षेप गरेको छ ।
आज साझ ६ बजेतिर दाङ प्रहरीले घोराहीको चौघेराबाट नेकपाका ४ नेतालाइ शान्तिपुर्ण कार्यक्रमबाट गिरफ्तार गरेको हो ।

आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई खारेज गर्ने निर्णय गरेको नेकपाले दाङमा पनि शान्तिपुर्ण ढंगले वालिङ , पोस्टरिङ ,पर्चा वितरण , घरदैलो कार्यक्रम संचालन गरिरहेको छ ।
आज निर्वाचन खारेजि अभियान अन्तर्गत घोराहीको चौघेरामा वालिङ गरिरहेका थारु मुक्ती मोर्चाका केन्द्रीय सदस्य एवम पार्टीका जिल्ला सचिवालय सदस्य चुलुवा सी ,श्रमिक समुदाय मोर्चा नेपालका जिल्ला अध्यक्ष एवम पार्टीका जिल्ला सदस्य बिष्णु सी , नेकपा घोराही-१ का सेक्रेटरी मीन वहादुर सी , युवा संगठन नेपालका जिल्ला कमिटी सदस्य राकेश सीलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
गिरफ्तार ४ जना नेतालाइ प्रहरीले आज साझ ८ बजेतिर रिहा गरेको नेकपा घोराही उपमहानगर कमिटीका सेक्रेटरी महानले डेलिन्युजराप्तीलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार