जनयुद्धको तरिकाले मात्र हुँदैन,क्रान्तिका लागि नयाँ मोर्चा जरुरी हुन्छ: उमा सी

डेली न्युजराप्ती       ३ असार २०८० ०७:३७ मा प्रकाशित     88 No Comments

पोखरा/ नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा जवस/ मोर्चा इन्चार्ज उमा सी ले नेपाली क्रान्तिलाई बिजयसम्म पुर्‍याउन विगतको जस्तै जनयुद्धको तरिकाले मात्रै नहुने बरु नयाँ -नयाँ मोर्चा खोल्नु जरुरी रहेको बताएकी छन।आइतबार नेपाल कम्युनिस्ट पार्टीद्वारा पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उमा सी ले यस्तो धारणा राखेकी हुन्।

देशको समसामयिक राजनीतिक परिस्थितिको व्याख्या गर्दै स्थायी समिति सदस्य उमाले नेपाली जनता र देशको प्रधानअन्तर्विरोध बदलिएर बाह्य रूपमा अमेरिकी साम्राज्यवाद र आन्तरिक रूपमा दलाल पुँजीवादी प्रवृतिमध्ये रवि, गगन र सिकेहरु एउटै र मुख्य प्रवृति भएर आएकोले त्यस विरुद्धको संघर्ष र मोर्चावन्दी अहिलेको आवश्यकता भएको बताइन् ।

नेपाली क्रान्तिका लागि गण्डक क्षेत्रको भुमिकाबारे चर्चागर्ने क्रममा उनले गण्डकी प्रदेशमा गुरुङ , मगर, कुमाल र दलित लगायत उत्पीडित वर्ग र समुदायको ठुलो सङ्ख्या भएको र जहाँ उत्पीडितहरुको सङ्ख्या हुन्छ त्यहाँ नै क्रान्ति र बिद्रोहको संभावना पनि हुने भन्दै गण्डकले एकीकृत क्रान्तिमा महत्त्वपूर्ण भुमिका पुरा गर्ने दावी समेत गरिन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार