बेलटाकुरामा खुकुरी प्रहार गरि महिलाको हत्या गर्ने हत्यारालाइ कारवाही गर : अनेमसङ्घ क्रान्तिकारी

डेली न्युजराप्ती       ७ आश्विन २०८० १४:२५ मा प्रकाशित     269 No Comments

असोज ७ , तुलसीपुर । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले खुकुरी प्रहार गरि महिलाको हत्या गर्ने हत्यारालाई कारवाहीको माग गरेको छ ।

आज आइतबार नेकपा निकट अनेमसङ्घ क्रान्तिकारी पश्चिम दाङ जिल्ला समितिका इन्चार्ज र अध्यक्षले एक प्रेस बिज्ञप्ती जारी गर्दै उक्त माग गरेका हुन् ।

अनेमसङ्घ क्रान्तिकारी पश्चिम दाङ जिल्ला समितिद्वारा जारी बिज्ञप्तिमा असोज ६ गते तुलसीपुर -११ बेलटाकुरा बस्ने ४३ वर्षिय रिता लामिछानेलाइ खुकुरी प्रहार गरि हत्या गर्ने अपराधिलाई कडा भन्दा कडा कारवाहीको माग गरिएको छ ।

यस्तै बिज्ञप्तिमा आजै बाहिरिएको तर केही महिना अगाडि तुलसीपुर -१९ कि १३ वर्षीय बालिका बलात्कृत भएको घटनाप्रती पनि संगठनको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।

बिज्ञप्तिमा पटकपटक महिलामाथी भइरहेका निर्मम अपराधिक घटनाप्रती राज्य गम्भीर बन्न र महिलामाथी हुने हत्या , हिंसा , बलात्कार , लैंगिक विभेद लगाएतका अनेकौं विरुद्ध कडाभन्दा कडा कानुन बनाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न , महिलाहरुलाइ सबै क्षेत्रमा समान अधिकारसहित समान प्रतिनिधित्वको सुनस्चितता गर्न समेत माग गरिएको छ ।

जारी प्रेस बिज्ञप्तिमा आम महिला दिदिबहिनीहरुलाई भइ एकताबद्धका साथ संगठित हुन अपिल गरिएको छ ।

पछिल्लो समय तुलसीपुरमा महिलामाथी हुने जघन्य अपराधका घटनाहरु दिनप्रतिदिन बढिरहेका छन् । गत साउन महिनाभित्रै ११ वर्षीय बालिकादेखि ७३ वर्षीय बृद्धासम्म बलात्कृत भएका थिए ।

यस्तो छ प्रेस बिज्ञप्तिको पुरापाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार