जेठ २९, काठमाडौं । गुजरातको अहमदावादमा दुर्घटनामा परेको विमानमा २ सय ४२ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय समाचार संस्था एएनआईका अनुसार बिहीबार दिउँसो दुर्घटनामा परेको एअर इण्डियाको विमानमा २ सय ४२ जना यात्रु सवार थिए ।
लण्डनका लागि उडान भरेको बोइङ ७८७ ड्रिमलाइन विमान अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा टेकअफ लगत्तै दुर्घटनामा परेको हो ।
अहिले उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
घटनास्थलबाट सार्वजनिक तस्बिरमा धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ । भारतीय टेलिभिजन एबीपीले उल्लेख गरेअनुसार विमानस्थलको बाउण्ड्रीमा कुनै भवन वा पर्खालमा ठोक्किएर विमान दुर्घटना भएको हुनसक्ने प्रारम्भीक आशंका गरिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.