प्रधानमन्त्री प्रचण्ड र नेकपाका प्रवक्ता प्रकाण्डबिच भेटवार्ता , केके भयो छलफल?

डेली न्युजराप्ती       २८ पुष २०८० १५:४७ मा प्रकाशित     88 No Comments

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री तथा नेकपा (माओवादी )केन्द्रका अध्यक्ष प्रचण्डबीच शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा देशको राजनीतिक अवस्था र त्यसको निकासको विषयमा गम्भीर छलफल भएको बताइएको छ ।उक्त भेटवार्तामा देशमा देखिएको खराब अवस्थालाई राम्रो अवस्थामा बदल्न सरकार र दुवै पार्टीले गम्भीर ढंगले सोच्नु पर्ने विषयमा छलफल भएको थियो ।यसैगरी, उक्त भेटवार्तामा राष्ट्र र जनताका पक्षमा दुवै पार्टी र सरकारले पहलकदमी लिने र तारतम्य मिलाएर अघि बढ्नु पर्ने विषयमा समेत गम्भीर छलफल भएको बताइएको छ।यसैगरी, उक्त भेटवार्तामा राज्यले देश र जनाताको हितका निम्ति तमाम जालझेल र षड्यन्त्र चिर्दै दृढतापुर्वक प्रभावकारी ढंगले कार्य अगाडी बढाउनु पर्ने र यसका निम्ति सरकार र दुवै पार्टी मिलेर अगाडी बढ्ने सहमतिसमेत भएको बताइएको छ।यसैगरी, उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न गठित कार्यदलले अहिलेसम्म गरेका कार्य प्रगति र कार्य सम्पादनको बिषयमा छलफल भएको र सो बिषयमा कार्यदलले छिट्टै प्रतिबेदन तथा आफ्नो अबधारणा सरकार समक्ष पेश गर्ने बिषयमा समेत छलफल भएको बताइएको छ।देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त र जटिल बन्दै गइरहेको समयमा दुई पार्टी नेपाल कम्युनिस्ट पार्टी र नेकपा (माओवादी केन्द्र) र सरकारबीच निरन्तर घनिभूत ढंगले छलफल चल्नु राजनीतिकरुपमा निकै अर्थपूर्ण रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार