अखिल (क्रान्तिकारी) दाङको छात्रा विभागले सिडियो कार्यालयमा ज्ञापनपत्र बुझायो

डेली न्युजराप्ती       १३ चैत्र २०७८ १३:३९ मा प्रकाशित     348 No Comments


घोराही, १३ चैत । अखिल (क्रान्तिकारी) दाङको छात्रा विभागले जिल्ला प्रशासन कार्यालय दाङलाई ज्ञापनपत्र बुझाएको छ । छात्राहरुमाथि हुने विभिन्न हिंसात्मक गतिविधिहरुको सुरक्षाको माग गर्दै विभागले केन्द्रीय कार्यक्रम अनुसार आइतबार सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई सो पत्र बुझाएको हो ।
संगठनका छात्रा विभाग प्रमुख प्रभा वलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘ बिगत केही समय यता छात्राहरुमाथि हुने विभिन्न हिंसात्मक गतिविधिले हाम्रो ध्यानाकर्षण भएको छ । चोक–चौतारादेखि विद्यालय–घरसम्म, १८ महिनाको शिशुदेखि ७० वर्षीय बज्यैसम्म जघन्य अपराध बलात्कारको शिकार बन्न परेको छ, यस्ता कार्यमा संलग्न दोषीलाई कारबाही नहुँदा थप घटना बढ्ने र समाज आतंकित हुने गरेको छ ।’

राज्यले महिलाहरुको निम्ति ठोस योजना बनाउन नसक्दा कुनैपनि ठाउँमा सुरक्षाको प्रत्याभूति हुने अवस्था नभएको र पछिल्लो समय मोरङको एक विद्यालयमा भएको घटना, निर्मला पन्त, सम्झना कामी, भागिरथी भट्ट लगाएतका घटनाको शृंखला हेर्दा डरलाग्दो देखिएकोहुँदा मोरङ, चितवन र सल्यानका पछिल्लो समयमा भएका ताजा घटनाका दोषीलाई कारबाही गर्नुपर्ने जोडदार माग गरेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै सम्पूर्ण छात्राहरुलाई सुरक्षाको लागि तालिमको व्यवस्था गर्नुपर्ने, महिला शसक्तिकरण कार्यक्रम बनाउनु पर्ने, सचेतनामूलक कार्यक्रम बनाई नारी सुरक्षाप्रति राज्य गम्भीर बन्नुपर्ने सो विभागले अनुरोध गरेको छ ।

ज्ञापनपत्रको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार