नेपाल कम्युनिस्ट पार्टी राजपुरले संगठन सुदृढ एवम विस्तार अभियान चलाउने

डेली न्युजराप्ती       ८ जेष्ठ २०८१ १४:१६ मा प्रकाशित     210 No Comments

हेमन्त प्रकाश वली ।

जेठ ८ , राजपुर । नेपाल कम्युनिस्ट पार्टी राजपुर गाउँकमिटीले संगठन सुदृढ एवम विस्तार अभियान चलाउने निर्णय गरेको छ ।

मंगलबार राजपुर – ३ खरदरियामा बसेको पार्टीको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकले उक्त निर्णय गरेको हो।

बैठकले राजपुर गाउँपालिकाभरी समाजवादका पक्षमा भित्तेलेखन गर्ने , पालिकामा राजनीतिक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने , सबै तहका कमिटीहरु गठन/पुनर्गठन गर्ने निर्णय गरेको नेकपाले जानकारी दिएको छ ।

बैठकले पालिकामा भइरहेका भ्रष्टाचार , अनियमितता , कालोबजारी , तस्करी , अवैध उत्खनन , चोरी , पैठारी विरुद्ध जनसंघर्स सञ्चालन गर्ने निर्णय समेत गरिएको जनाइएको छ।

पार्टीको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकमा बोल्दै नेकपाका केन्द्रीय सदस्य सविन सीले भन्नुभयो– ‘ हामिले हाम्रो पार्टी दुईवटा प्रवृतीका विरुद्ध बिद्रोह गरेर बनाएका हौं । नेपालको माओवादी आन्दोलनलाई प्रचण्डहरुले संसोधनवादि बाटो लिएर बिसर्जन गराएपछि हामिले प्रचण्डहरुको संसोधनवाद र किरणहरुको जडसुत्रवादका विरुद्ध बिद्रोह गरेर नेकपा पुनर्गठन गरेका हौं । नेकपा पुनर्गठन गरिसकेपछि हामिले जनतालाई समाजवादका बारेमा बुझाएका छौँ । अब यो राज्यव्यवस्था चल्दैन , यसको विकल्पमा अहिले तत्काल नेपाली बिशेषताको समाजवादले हल दिनुपर्छ ।’

नेपालका कम्युनिस्टहरु एकतावद्ध हुने बेला भएको छ , उनले भने , ‘ नेपालमा जतिपनी तितरबितर भएका कम्युनिस्टहरु छन् ती सबैलाई एकताबद्ध गर्नुपर्दछ । मुद्दा मिल्नेहरुसंग सहकार्य गरेर अगाढी बढ्नुपर्छ भने विचार मिल्नेहरुसंग पार्टी एकता गर्नुपर्दछ । यो हामिले परिस्थितिको बोध गरेर गरेको  गरेका हौं । अमेरिकी साम्राज्यवादले नेपालबाट कम्युनिस्ट जनमतलाई सिध्याउन चाहेको छ । यो बेला हामिले कम्युनिस्टहरुको विशाल मोर्चा बनाएर प्रतिरोध गर्नुपर्दछ । अहिले हामिले बैठकबाट माओवादी धाराका बिचमा एकता गर्नुपर्दछ भनेर ढोका खुल्ला गरेर आएका छौँ । अहिलेको सन्दर्भमा नीति र नेतृत्वका हिसाबले विप्लव सर्वस्वीकार्य पात्र हुनुहुन्छ , नीति र नेतृत्व हाम्रो हुनुपर्दछ । हामी माओवादी धाराका बिचमा एकता गर्ने निर्णय गरेर आएका छौँ ।’

०८४ को निर्वाचनलाई अब नेकपाले प्रयोग गर्ने निर्णय गरेको कुरा सत्य हो , नेता सविनले थपे – ‘ हामिले पटकपटक निर्वाचन बहिस्कार गरेका थियौं तर ०८४ को निर्वाचनलाई उपयोग गर्ने भनेका छौँ । यो बिषयलाई आम नेताकार्यकर्ताले गहिरोगरि बोध गर्न जरुरी छ । चुनावलाई हेर्ने नेपालका कम्युनिस्टहरुका परम्परागत धारणा छन् , एउटा प्रयोगको नाममा संसदवादी लाइनमा पुगेर पतन हुने र अर्को बहिस्कारको नाममा कोठे क्रान्तिकारी बन्ने तर जनतामा पुग्न नसक्ने । हामिले चुनावका परम्परागत मान्यतालाई भत्काएर आएका छौँ । चुनावलाई कार्यनीति र रणनीतिको बिषय बनाउनु हुँदैन , चुनावलाई क्रान्तिको समग्र मोर्चाको रुपमा हेर्नुपर्दछ । ०८४ को निर्वाचनलाई हामीले संघर्षको मोर्चा बनाएर समाजवादी अभियानको रुपमा सबै तहमा उपयोग गर्नुपर्दछ ।’

पार्टीका नेताकार्यकर्ता अब निर्धक्क भएर जनतामा जानुपर्दछ , उनले फेरि भने,‘ हामिले जनतामा गएर संसदवादीहरुले देखाएको नाँगो नाँचको भण्डाफोर गर्नुपर्दछ । अमेरिकी साम्राज्यवादले यतिबेला विश्वभरी आतंक मच्चाइरहेको छ । नेपालमा पनि एमसिसिको गुलियो विष सहित नेपाललाई सैन्य अखडा बनाउन आइपुगेको छ र नेपालका दलाल सत्ताधारीले दिनदहाडै यो मुलुकलाई लुटिरहेका छन् । अहिले राजनीतिमा प्रवेश गरेका नयाँ भनिएका रवीहरु पनि उहीँ ड्याङका मुला सावित भएका छन् , सबैभन्दा बढी भ्रष्ट उनिहरु नै छन् । अब हाम्रो कर्तव्य यो कुरा जनतालाई बुझाउनु पर्दछ र अबको विकल्प समाजवाद हो र नेतृत्व महासचिव विप्लवको हुनुपर्छ भनेर जनताको ठूलो हिस्सालाई क्रान्तीमा होम्नुपर्दछ । नेपालको दलाल पुजीवादसंगै जोडिएको संसदवादका विरुद्ध जनतालाई प्रशिक्षित गर्दै जानुपर्दछ र दलाल पुजीवादको चंगुलबाट नेपाली जनतालाई मुक्त गर्नुपर्दछ ।’

नेता सविनले पार्टीका नेताकार्यकर्तालाई उत्पादनमा जोडेर आत्मनिर्भर बनाउने अभियानलाई अझ थप व्यवस्थित गर्न निर्देशन दिनुभएको थियो ।

यस्तै बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. १ का इन्चार्ज बिक्रम सी , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. २ का इन्चार्ज पाटन जंगली सी , नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम जिल्ला सेक्रेटरी तिलक सीले प्रशिक्षणमुलक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी राजपुर गाउँकमिटीका सेक्रेटरी शुर्य सीको सञ्चालन एवम अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी रहनुभएको थियो ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. १ का इन्चार्ज बिक्रम सी , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. २ का इन्चार्ज पाटन जंगली सी , नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम जिल्ला सेक्रेटरी तिलक सी लगाएतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार