काठमाडौ/जनपत्रकार संगठन नेपाल केन्द्रिय समितिले हालै निधन भएका संगठनका सचिवालय सदस्य सुदर्शनराज पाण्डेको नाममा स्मृति ग्रन्थ प्रकाशित गर्ने निर्णय गरेको छ। बिहिवार काठमाडौमा सम्पन्न संगठनको पदाधिकारी बैठकले पाण्डेको स्मृतिमा ग्रन्थ तयार पार्ने र १ लाखको अक्षय कोष खडा गर्ने निर्णय गरेको हो।
संगठनले स्मृति ग्रन्थको सामग्री संकलन र व्यवस्थापनका लागि सचिव वसन्त, कोषाध्यक्ष दिपेश र सबै प्रदेश संयोजकहरु रहेको तयारी समिति बनाउने र अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट जनपक्षीय पत्रकारितामा योगदान गर्ने १ जनालाई बार्षिक पुरस्कार दिने निर्णय गरेको छ।
साथै बैठकले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनको तयारी गर्ने र संगठनका उत्पादन, प्रकाशन लगायतका कामलाई व्यवस्थित गर्ने निर्णय समेत गरेको छ। बैठकमा सचिवालय सदस्यहरु शोभराज बराल, रमेश महतारा र साहस भट्ट आमन्त्रित सदस्यको रूपमा सहभागी रहेका थिए।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.