घोराही र राजपुरमा नेकपा निकट जबस/मोर्चाहरुको संयुक्त भेला सम्पन्न

डेली न्युजराप्ती       २२ मंसिर २०७८ १९:४८ मा प्रकाशित     672 No Comments


कुर्सी,पद,पैसा र मन्त्री बन्नका लागि एकता हुदैन:सेक्रेटरी प्रदिप
हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट जवस/मोर्चाहरुको घोराही उपमहानगर स्तरीय संयुक्त नगर भेला सम्पन्न भएको छ।
पार्टी निकट थारु मुक्ती मोर्चा नेपाल,श्रमिक समुदाय मोर्चा नेपाल,अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) घोराही उपमहानगरपालिका स्तरिय संयुक्त प्रथम नगर भेला सम्पन्न भएको हो।

पार्टी निकट जबस/मोर्चाहरुको संयुक्त नगर भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले संसदीय व्यवस्थामा जोसुकै सरकरमा गएपनी शान्ती,समृद्धि,स्वाधीनता प्राप्त नहुने जिकिर गर्नुभयो। उहाले नेपाली जनताले कम्युनिस्ट नामधारिका शक्तिहरूलाई दुई तिहाइ बहुमत दिएपनी त्यो सरकार सफल हुन नसकेको बताउनुभयो। नेता प्रदिपले नेपालका राजनितिक,आर्थिक,सामाजिक,सांस्कृतिक समस्याहरुको समाधान निर्विकल्प वैज्ञानिक समाजवाद स्थापना भएको बताउनुभएको थियो। उहाले आफ्नो पार्टीले वैज्ञानिक समाजवाद स्थापनाका लागि एकपटक नेपाली जनतालाइ जनमतसंग्रहको अधिकार दिनुपर्ने एजेन्डा लिएर अघि बढेको समेत बताउनुभयो।उहाले संसदीय सरकारको विकल्पमा प्रगतिशील संयुक्त सरकार गठन गरि त्यही सरकारको नेतृत्वमा संसदीय व्यवस्था वा वैज्ञानिक समाजवादि व्यवस्था चुन्ने अधिकारका लागि नेपाली जनतालाइ जनमतसंग्रहको अधिकार प्रदान गर्न माग गर्नुभयो। जनमतसंग्रह जनताको अधिकार हो,शान्तिपुर्ण ढंगले अधिकार माग्दा हतियारले दमन गर्न खोजे प्रतिरोध गर्छौं,नेता प्रदिपले भन्नुभयो।
एक फरक प्रसंगमा नेता प्रदिपले अहिले माओवादी केन्द्रले अनावश्यक एकताको भ्रामक हल्ला फैलाएको बताउनुभयो।उहाले एकताको भ्रामक हल्ला फैलाएर माओवादी केन्द्र लगाएतका संसदवादी दलहरुले आगामी संसदीय चुनावमा जनतालाइ भ्रमित पारेर भोट बटुल्न खोजेको जिकिर गर्नुभयो। नेता प्रदिपले सबै देशभक्त,प्रगतिशील,क्रान्तिकारी,अग्रगामी शक्तिहरुसंग एकता हुने समेत बताउनुभयो। उहाले कुर्सी,पद,पैसा र कोहि मन्त्री बन्नका लागि एकता नहुने स्पष्ट पार्नुभएको थियो।

कार्यक्रममा अतिथि नेकपा दाङ जिल्ला सदस्य एवम स्कुलिङ बिभाग दाङका सदस्य नवराज,अनेमसंघ क्रान्तिकारी घोराही उपमहानगर कमिटी अध्यक्ष मनिशा,नेकपा दाङ जिल्ला सदस्य एवम नेकपा घोराही उपमहानगर कमिटी वडा नं. १० र १२ का इन्चार्ज किसन,अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य एवम दाङका अध्यक्ष अमर,जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त,राष्ट्रिय जागरण मंचका केन्द्रीय सदस्य मंगल,युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज मनोज, नेकपा गढवा गाउपालिका इन्चार्ज महान,नेकपा दाङ जिल्ला कार्यालय सदस्य एवम घोराही उपमहानगर कमिटी इन्चार्ज निर्मल, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सचिव तिलक,नेकपा दाङ जिल्ला सदस्य द्वय मोति,हरि,नेकपा दाङ जिल्ला सल्लाहकार समिती सदस्य नवराज, अखिल नेपाल भुमिहिन सुकुम्बासी संघ दाङका संयोजक छोटिलाल, नेकपा दाङ जिल्ला कमिटी सदस्य पन्चाराम,नेकपा घोराही उपमहानगर वडा नं.११ इन्चार्ज तिलक,अखिल(क्रान्तिकारी) दाङका उपाध्यक्ष खुमन, राष्ट्रिय उधोग व्यापार संगठन घोराही उपमहानगरका सदस्य रेमन्त लगाएतको आतिथ्य रहेको थियो।

जवस/मोर्चाहरुको प्रथम नगर भेलाले बिस्णु सुबेदिको अध्यक्षतामा २१ सदस्यीय अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) घोराही उपमहानगर कमिटी चयन गरेको हो।जसको सचिवमा लाल बहादुर डागीलाई चयन गरिएको छ। संयुक्त जवस/मोर्चाहरुको प्रथम नगर भेलाले दधिराम चौधरीको अध्यक्षतामा २१ सदस्यीय थारु मुक्ती मोर्चा नेपाल घोराही उपमहानगर कमिटी चयन गरेको छ। जसको सचिवमा किरण चौधरीलाइ चयन गरिएको छ। घोराही उपमहानगरपालिका स्तरीय संयुक्त जवस/मोर्चाहरुको भेलाले शुरेस नेपालीको अध्यक्षतामा २१ सदस्यीय श्रमिक समुदाय मोर्चा नेपालको कमिटी चयन गरेको छ। जसको उपाध्यक्षमा इन्द्रा बिक,सचिवमा बालाराम गन्दर्भ,कोषाध्यक्षमा लक्ष्मी बिक चयन भएका हुन।
कार्यक्रममा जवस/मोर्चाका नबनिर्वाचित कार्यसमितिलाइ हार्दिक बधाई मन्तव्य कार्यक्रमका अतिथी नेकपा दाङ जिल्ला सदस्य मोतिले व्यक्त गर्नुभएको थियो।

नेकपा दाङ जिल्ला सदस्य दान बहादुरको स्वागत मन्तव्यबाट सुरु भएको संयुक्त नगर भेलाको अध्यक्षता खिम बहादुर बिकले गर्नुभएको थियो भने भेलाको सहजीकरण युवा संगठन नेपाल दाङका सचिवालय सदस्य एवम घोराही उपमहानगर कमिटीका अध्यक्ष पदम चन्दले गर्नुभएको थियो।

युवा संगठन नेपालका केन्द्रीय सचिवलाई बिदाई
कार्यक्रममा तत्कालिक नेकपा घोराही उपमहानगर कमिटीका इन्चार्ज तिलकलाई बिदाइ गरिएको छ। युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवमा निर्वाचित तिलकले संगठनको जिम्मेवारी बहन गर्न जिल्ला बाहिर जान लागेकाले बिदाइ गरिएको नेकपा दाङले जनाएको छ। बिदाई कार्यक्रममा तत्कालीन घोराही नगर इन्चार्ज तिलकले घोराही उपमहानगरका इन्चार्ज निर्मललाइ माइन्युट पुस्तिका हस्तान्तरण गर्नुभएको थियो भने नेकपा घोराही उपमहानगर कमिटीले बिदाइ हुने तिलकलाइ उपहार स्वरुप रक्तिम उपहार प्रदान गरेको थियो। कार्यक्रममा बिदाइ पछि शुभकामना तथा अनुभुती सहितको मन्तव्य युवा संगठन नेपालका नबनिर्वाचित सचिव तिलकले व्यक्त गर्नुभएको थियो। मन्तव्यको क्रममा नेता तिलकले पार्टी आन्दोलनको आवश्यकतालाई बोध गर्दै आफ्नो जिम्मेवारी जहाँ भएपनी क्रान्ती प्रती बफादार रहेर वैज्ञानिक समाजवाद प्राप्तिको लागि बलिदानको कोटा समेत चुक्ता गर्न तयार रहेको धारणा राख्नुभएको थियो।

राजपुरमा नेकपा निकट जवस/मोर्चाको भेला सम्पन्न
नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र श्रमिक समुदाय मोर्चा नेपाल राजपुर गाउकमिटीको प्रथम भेला सम्पन्न भएको छ।
भेलाले रंजिता बिकको अध्यक्षतामा ११ सदस्यीय श्रमिक समुदाय मोर्चा नेपाल राजपुर गाउकमिटी चयन गरेको छ। जसको उपाध्यक्षमा हिरालाल हरिजन,सचिवमा जोखुराम हरिजन,कोषाध्यक्षमा बिद्याराम हरिजनलाई चयन गरिएको छ। यस्तै भेलाले प्रेमलाल बिकको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ राजपुर गाउकमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा राजबिसेत चौधरी,सचिवमा नकु मुसलमान,कोषाध्यक्षमा ज्ञान बहादुर यादबलाई चयन गरिएको नेकपा राजपुर गाउकमिटिले जनाएको छ।
जवस/मोर्चाको संयुक्त भेलामा नेकपा दाङ जिल्ला कार्यालय सदस्य किरणको प्रमुख आतिथ्य रहेको थियो भने अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य एवम दाङका अध्यक्ष संजय, नेकपा लमही नगर इन्चार्ज जनक,नेकपा राजपुर गाउकमिटी इन्चार्ज उज्ज्वल,नेकपा दाङ जिल्ला सल्लाहकार समिती सदस्य भिम,मधेसी मुक्ती मोर्चा नेपाल दाङ जिल्ला संयोजक शुर्यको आतिथ्य रहेको थियो।
सर्जु यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता रजिता बिकले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण हिमालले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार