तीन जना चिनियाँ अन्तरिक्ष यात्री ६ महिना अन्तरिक्षमा बसेर सकुशल अवतरण

डेली न्युजराप्ती       २२ जेष्ठ २०८० १९:४६ मा प्रकाशित     238 No Comments

काठमाडौँ । तीन जना चिनियाँ अन्तरिक्ष यात्री ६ महिना अन्तरिक्षमा बसेर सकुशल पृथ्वीमा फर्केका छन् । चीनले सन् २०१६ पछि पहिलो पटक पठाएको मानवसहितको सन्चौ १५ यान आइतबार विहान ६ बजेर ३३ मिनेटमा इनर मंगोलियामा अवतरण गरेको चिनियाँ अन्तरिक्ष संस्थाले जनाएको छ । सो यानमा तीन जना यात्रीहरु फेइ चुनलोङ, तङ छिङमिङ र चाङ लु रहेका थिए । उनीहरुले ६ महिनासम्म अन्तरिक्षमा रहँदा चिनियाँ अन्तरिक्ष स्टेशन निर्माणको काम गरेका थिए ।
उनीहरुको स्वास्थ्य ठीक रहेको र यान पनि ठीकठाक रहेको चिनियाँ एजेन्सीले जनाएको छ । उनीहरुलाई प्रतिस्थापन गर्न अर्को टोली गत मे ३० मा अन्तरिक्षतर्फ गईसकेको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार