जंगली छेपारोमाथि सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ

डेली न्युजराप्ती       ३ बैशाख २०७९ ०७:३० मा प्रकाशित     475 No Comments


दाङ। भारतको महाराष्ट्र स्थित रत्नगिरी जिल्लाबाट जंगली छेपारो बेङ्गल मनिटर लिजार्डको सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन्। त्यहाँको स्थानीय प्रहरीका पक्राउ पर्नेहरूमा तुकाराम पवार, मंगेश कामटेकर, अक्षय कामटेकर र रमेश घाग रहेका छन्।

इन्डिया टुडेकाअनुसार रत्नागिरीमा अवस्थित स्याद्री टाइगर रिजर्भमा अवैध सिकार गर्न गएका उनीहरूले जंगली छेपारोको सामूहिक बलात्कार गरेका हुन्।स्थानीय वन अधिकारीहरूले गत ३१ मार्चमा जंगलका विभिन्न स्थानमा जडित सिसिटिभी क्यामराको निरीक्षण गर्ने क्रममा उक्त घटना सार्वजनिक भएको हो ।

आरोपितहरु विरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढेको इन्डिया टुडेले जनाएको छ। बेङ्गल मनिटर लिजार्ड छेपारो प्रजातिको एक स्तनधारी प्राणी हो।यो प्रजाति भारतीय उपमहादिप, दक्षिण पूर्वी एसिया र पश्चिम एसियाका केही स्थानहरूमा पाइने गर्छ भने भारतमा यसलाई आरक्षित प्राणीको सूचीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार