समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज अपराह्न ४ बजे बस्ने!

डेली न्युजराप्ती       २३ असार २०८० ०७:१० मा प्रकाशित     138 No Comments

काठमाडौँ – चार दल सम्मिलित समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज शनिबार बस्ने तय भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा अपराह्न ४ बजे बस्नेगरी पहिलो बैठक तय भएको हो ।

बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै मोर्चाको आगामी साझा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ । मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जसपा र नेकपा सम्मिलित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार