जनपत्रकार संगठन नेपालद्वारा नेपालमा मर्यादित पत्रकारिताका चुनौती विषयक अन्तरक्रिया सम्पन्न

डेली न्युजराप्ती       १८ चैत्र २०७८ १०:२२ मा प्रकाशित     290 No Comments


दाङ। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले समाजवादका आधारभुत कुरामा एकै ठाउमा उभिनु पर्ने भन्दै समाजलाई जोड्ने, दललाई जोड्ने विषयमा पत्रकारिता क्षेत्र अगाडि बढनु पर्ने बताएका छन । जनपत्रकार संगठन नेपालले आयोजना गरेको नेपालमा मर्यादित पत्रकारिताका चुनौती विषयक अन्तरक्रिया तथा नयाँबर्षको शुभकामनाआदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले सो कुरा बताएका हुन्।उक्त कार्यक्रमका प्रमुखअतिथि पोख्रेलले पत्रकारिता पेशालाई पत्रकार आफैले मर्यादित् बनाउने पर्ने बताउदै पत्रकार आफैले आफ्नो मर्यादालाई ख्याल गर्नुपर्ने जिकिर गरे । उनले कानुनले मात्र पत्रकारिता पेशा मर्यादित नहुने भन्दै यसमा पत्रकार आफैले सचेत भएर समाजप्रति ख्याल गर्नु पर्ने बताए । उनले राज्यले कानुन बनाउनभन्दा पनि प्रेस स्वतन्त्रकाको पक्षमा वकालत गर्नुपर्ने बताउदै संविधान प्रदत्त अधिकारअनुसार राज्यले प्रेस तथाअभिव्यत्ति स्वतन्त्रकाको अभ्यास गर्न दिनुपर्ने बताए ।अध्यक्ष पोख्रेलले राज्यले संधै पत्रकारलाई अन्याय गर्ने गरेको तथ्य उजागर गर्दै पत्रकार र सरकारको सम्बन्ध निकै सम्बेदनशिलहुने गरेको र त्यसलाई मिलाउन नसके पत्रकारिता क्षेत्र दुर्घटनामा पर्ने खतरा भएको बताए ।
यसैगरी , अध्यक्ष पोख्रेलले मर्यादित पत्रकारिताका लागिआफै सच्चिने र सच्याउन दवाव दिनपर्ने बताउदै भने – “हामी अमर्यादित भयौ भने राज्यले कठोर कानुन ल्याउने खतरा हुन्छ, हामीमाथि हुने काननी लडाई निस्तेज गर्नका लागि भएपनि हामी मर्यादित हुन पर्छ ।”अध्यक्ष पोख्रेलले थोरैले नराम्रो गरे भन्दैमा पत्रकारितासम्बन्धमा कठोर कानुन ल्याउनु गलत भएको र युट्युवमा भइरहेका ब्रिकृति रोक्न उनीहरुलाई कन्टेन्टकका आधारमा दण्डित् गर्नुपर्ने बताए । उनले पत्रकारलाई लाइसेन्स दिने विषय गलत भएको जिकिर गर्दै भने -” लाइसेन्स दिने राज्यले मेरो लाइसेन्स खोस्न सक्छ ।जसका कारण प्रेस तथाअभिव्यक्ति स्वतन्त्र खोसिन्छ । प्रेस तथाअभिव्यत्ति स्वतन्त्रका पक्षमा बोल्न पाउने अधिकारको कुण्ठित हुन्छ । “
अध्यक्ष पोख्रेलले राज्यले पत्रकारको लागि तालिम तथा प्रशिक्षणको व्यवस्था गर्न प्रशिक्षण प्रतिष्ठान बनाउन पर्ने सुझाब दिदै राज्यको काम पत्रकारलाई दण्डीत गर्ने मात्र हुनु नहुने बताए । उनले भने – “राज्यले डाक्टर, इन्जीनियरहरुका लागि लगानी गर्छ, पत्रकारका लागि १ रुपैयाँपनि लगानी गर्दैन, लगानी नगर्ने पत्रकारिता राम्रो भएन भन्ने अधिकार राज्यसँग छैन् । “
यसैगरी, अध्यक्ष पोख्रेलले पत्रकार महासंघले विधानअनुसार काम गर्ने, सबैसँग सल्लाह गरेर सुद्धिकरण गर्ने ,विधानमा सम्बोधन गरेर भए पनि पत्रकारको पक्षमा काम गर्ने बताउदै जनपत्रकार संगठनका मागहरु सम्बोधन हुने दिशातीर केन्द्रीतभएको जानकारी समेत दिए ।

सोहि अन्तरक्रिया तथा नयाँबर्षको शुभकामनाआदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जनपत्रकार संगठन नेपालका केन्द्रीय संंयोजक शेरवहादुर विश्वकर्माले कार्यक्रमको उद्देश्य र औचित्यवारे प्रकाश पार्दै नेपालमा मर्यादित पत्रकारिताका तमाम चुनौतीहरु रहेको र त्यसको समाधान कसरी गर्ने भन्ने बिषयमा जनपत्रकार संगठनको धारणा प्रस्तुत गरेका थिए । उनले पत्रकारहरुका पेशागत संगठनहरुको दुरी हटोस् भन्दै अन्तरक्रिया कार्यक्रमकोआयोजना गरिएको बताए । उनले नेपालको पत्रकारिता आन्दोलनले नेपालका विभिन्न क्षेत्रलाई समेट्न सक्नुपर्ने भन्दै महासंघले त्यसको नेतृत्व गर्नुपर्ने बताए ।संंयोजक विश्वकर्माले पत्रकारिता क्षेत्र राज्यको चौथो अंगको रुपमा रहेकोपत्रकारिता पेशाका केही समाजिकउत्तरदायित्वसमेत रहेको भन्दै नेपालमा कस्तो खालको व्यवस्थाआवश्यक छ भन्ने विषयमा पनि बहस चलाउनु पर्ने बताए । उनले महासंघको सदस्यता पाउन बास्तविक पत्रकारलाई कठिनाई भएको भन्दै भने – ‘महासंघले सदस्यताको विषय खुकुलो बनाउनु पर्छ ,सदस्यता सुदृढीकरणका विषयहरुमा पनि ध्यान दिनु पर्छ , बहालवाला मन्त्री र जनप्रतिनिधिहरुको सदस्यता खारेज गर्नु पर्छ , नेपाल पत्रकार महासंघको मर्यादा, विचार र पेशागत दृष्टीबाट महासंघलाई साझा बनाउन पहल गरियोस् ।’उनले पत्रकार महासंघले नेपालमा कस्तो समाजवादआवश्यक छ भनेर बहस चलाउन आवश्यक भएको बताउदै भने – ‘सबै पार्टीहरुले समाजवाद झुण्ड्याएका छन्, यी सबै पार्टीको मिसन एउटै भए पत्रकार महासंघले किन भन्न नहुने ।’
यसैगरी, संंयोजक विश्वकर्माले आउदै गरेको नयाँवर्ष २०७९ सालको शुभकामना समेत दिदै नयाँवर्ष मर्यादित पत्रकारिताको दिशामा अगाडि वढने विश्वास व्यक्त गरेका थिए ।यसैगरी , सोहि अन्तरक्रिया कार्यक्रममा प्रेस चौतारी नेपालको उपाध्यक्ष देविका घर्तिले जनपत्रकारले चलाएको बहस सान्दर्भिक भएको बताउदै पत्रकारितालाई मर्यादित बनाउन परिक्षा लिएर प्रबेश गराउने व्यवस्था गर्नु पर्ने धारणा राखिन , उनले कोभिडका कारण श्रमजिविपत्रकारहरुको जागिर गएको र त्यसतर्फ महासंघले ध्यान दिनु पर्ने बताइन।यसैगरी, उक्त कार्यक्रममा समाजवादी प्रेस संगठनका महासचिव भुपराज खड्काले पत्रकारहरुको सूचनाको श्रोतमा समस्या हुँदा पत्रकारिता अमर्यादित भएको भन्दै यो सबैभन्दा ठूलो चुनौति भएको बताए । उनले सूचनाको श्रोतलाई पहिचान गर्ने विषयअहिलेको चुनौती भएको बताए।यसैगरी , प्रेस मन्चकाअध्यक्ष केशव अर्यालले नेपालमा मुलभुतरुपमा पत्रकारिताअमर्यादित नभएको बताए । उनले पत्रकारितामा मर्यादित बनाउनु पर्ने भन्दाअहिले अमर्यादितभएको अर्थ लाग्ने भन्दै नेपालमा अमर्यादित नभएको बताएका हुन् ।‘
उनले भने – ‘राणाहरुले पत्रकारिता गर्नु नै अमर्यदित भन्थे, राजाहरुले अराष्ट्रिय तत्व भन्थे, देश द्रोही भन्थे, अहिले त्यस्तो् अवस्था छैन ।’अर्यालले भने अहिले अभिव्यक्ति स्वतन्त्रताको नाममा दुरुपयोग गर्नेको सख्या बढ्दै गएको छ , प्रेस कार्डको दुरुपयोग भएको छ, पत्रकार भन्दै अन्य पेशा गर्नेहरुलाई छानीछानी कारवाही गर्नुपर्छ ।’
अर्यालले महासंघले पनि सदस्यता सुद्धिकरण गरेर यस्ता समस्याहरुको समाधान गर्न पर्ने बताए । यस्तालाई सदस्यता नदिन, सदस्यता दिएको भएपनि खारेज गर्न सके मात्र पेशा थप मर्यादित बन्ने बताए । अर्यालले पत्रकारितामा बर्गिय पक्षधरता हुने भन्दै पत्रकारिता क्षेत्र वा पत्रकार गैरवर्गिय नहुने बताए ।यसैगरी , मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले कतिपय कानुन कार्यान्वयनका कारण मर्यादित पत्रकारिता नभएको बताए । उनले कानुन कार्यान्वयन गर्ने सवालमा राज्यले स्वतन्त्र र मर्यादित पत्रकारिता गर्न नदिएको ठोकुवा गरे ।
उनले पत्रकारितालाई निश्पक्ष र मर्यादित बनाउन पार्टीको भातृ संगठनहरुको अन्त्य हुनुपर्ने बताए । पार्टीहरुले सत्ताबाहिर हुँदा मिडियालाई प्रयोग गरेर आफ्नो मिसन पुरा गर्ने गरेको भन्दै सरकारमा जाँदा त्यही पार्टीले पत्रकारहरुमाथि दमन गर्ने गरेको आरोप लगाए ।यो देश सेटिङमा चलेको भन्दै छउनले पत्रकारिताले त्यसका भण्डाफोर गर्नपर्ने बताए । यसरी भण्डाफोर गर्न नसके मर्यादित पत्रकारिताको हुन् नसक्ने बताए ।यसैगरी , नेपाल पत्रकार महासंघ बेल्जिएम शाखाकाअध्यक्षओम शर्माले पत्रकारितालाई मर्यादित बनाउन पत्रकारहरुले नै आफ्नो मुल्याङकन गर्नु पर्ने बताए ।
उक्त अन्तरक्रिया कार्यक्रमको संचालन जनपत्रकार संगठनका केन्द्रीय सदस्य बसन्तविश्वकर्माले गरेका थिए भने अर्का केन्द्रीय सदस्य शोभराज बरालले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार