हेमन्त प्रकाश ओली ।
असोज १५ , तुलसीपुर । तुलसीपुर -१२ स्थित पशुपति मावि हरिपौरीको ४ कोठे भवन निर्माणमा अनियमितता भएको छ ।
भवन निर्माणमा प्राविधिक इस्टेमेट भन्दा करिव ८ लाख ८१ हजार ६५९ रुपैयाँ बढी खर्च भएपछी अनियमितता भएको खुल्न आएको हो ।
भवन प्राविधिक इस्टेमेट भन्दा बढी खर्च भएपछी स्थानीयले अख्तियारमा मुद्दा हालेपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्ज बाँकेले बिधालयलाई एक पत्र पठाएर जवाफ समेत मागेको थियो ।
अख्तियारको पत्रको जवाफ दिदै बिधालयकि नवनियुक्त प्रधानाध्यापक राधा चौधरीले प्राविधिक इस्टेमेट भन्दा बढी खर्च भएको रकम बिधालयबाट भुक्तानी नदिने भन्दै जवाफ पठाएकी छन् ।
भवन निर्माणको भएको अनियमितताका बारेमा डेलिन्युजराप्तीसंग फोन संवादमा कुरा गर्दै बिधालयकी प्रअ राधा चौधरीले भनिन्– ‘ म यहीँ बैशाख ६ गते बिधालयमा आएकी हुँ भने ११ गते नियुक्ति पाएकी हुँ । म आउँदा भवन सम्पन्न भइसकेको थियो । उतिबेला प्रअ रुद्र बहादुर डाँगी हुनुहुन्थ्यो । बिधालयमा जिरो ब्यालेन्स थियो , इस्टेमेट अनुसारको भुक्तानीपनि दिन सकिएको छैन । इस्टेमेट भन्दा बढी खर्च भएपछी केही व्यक्तिले अख्तियारमा मुद्दा हालेका रहेछन् । अख्तियारले पनि इस्टेमेट भन्दा बढी भुक्तानी गर्न मिल्दैन भनेको छ । अख्तियारले बिधालयलाई विवरण मागेको थियो मैले त्यसको जवाफ दिएकी छुँ । यसमा म संलग्न छैन , इस्टेमेट अनुसार खर्च गर्नुपर्छ । अनियमितता भएकै हो भनेर अख्तियारले भनिसक्दा मैले होइन भन्न मिल्दैन ।’
बिधालयकी प्रधानाध्यापक चौधरीले भवन निर्माणमा अनियमितता भएको बताएकी छन् ।
पशुपति माविमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे पक्की भवन निर्माणका लागि तुलसीपुर उपमहानगरपालिकाको प्राविधिक इस्टेमेट अनुसार ४३ लाख ६८ हजार १७३ रुपैयाँ इस्टेमेट गरिएकोमा भवन निर्माणको जम्मा खर्च ५२ लाख ४९ हजार ८३३ रुपैयाँ भएको हो ।
इस्टेमेट अनुसारको रकमपनि बिधालयले भुक्तानी दिएको छैन । बिधालयले जम्मा ३५ लाख २९ हजार ५७७ रुपैयाँ भुक्तानी गरेको जनाएको छ भने इस्टेमेट भन्दा बढी ८ लाख ३८ हजार ५९६ रुपैयाँ बराबरको पैसा भुक्तानी नदिने अख्तियारलाई बुझाएको जवाफी पत्रमा उल्लेख छ ।
उक्त भवन निर्माण समितीमा भोजराज केसि रहेको बुझिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2023 शहिद महान स्मृति संचार गृह प्रा.ली.