कृष्ण बहादुर महराका स्वकीय सचिवद्वारा (माओवादी केन्द्र) परित्याग

डेली न्युजराप्ती       ८ चैत्र २०७८ ०९:१६ मा प्रकाशित     362 No Comments


दाङ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिवले पनि नेकपा (माओवादी केन्द्र) त्यागेको घोषणा गरेका छन् । माओवादी केन्द्र घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका प्रमोद शर्माले पार्टीप्रति असन्तुष्टि जनाउँदै माओवादी त्यागेको घोषणा गरेका हुन् ।

सोमबार गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको समाजिक संजाल फेसवुकमार्फत सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन्– आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र)को साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु । जनताको निरन्तर सेवामा निस्वार्थ र सकेजति भुमिकामा आफूलाई उभ्याउने छु ।

शर्माले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस

उनले माओवादी त्यागेको घोषणा गरेपछि माओवादी वृतमा हलचल पैदा भएको छ । शर्मा महरा पछिल्लोपटक सांसद भएसँगै उनको स्वकीय सचिव रहँदै आएका थिए ।

उनी माओवादी वृतमा भद्र र शालीन नेताका रूपमा परिचित छन् । उनका जेठा दाइले माओवादी युद्धमा ज्यान गुमाएका थिए । उनका सबै परिवार पूर्णकालीन माओवादी हुन् ।

डेरी व्यवसाय गरेर बसेकी उनकी श्रीमती सीता चौधरीलाई माओवादीले यसअघि घोराही उपमहानगरमा उपमेयरमा चुनाव लडाएका थियो । तर, उनी पराजित भएकी थिइन् ।
माओवादी स्रोतका अनुसार शर्मा दाङ जिल्ला कमिटीको सचिवका आकांक्षी थिए । तर, माओवादीले विश्वराज आचार्यलाई सचिव बनाएपछि उनी असन्तुष्ट थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार