हेमन्तप्रकाश वली ।
पौष ८,दाङ । सरकारले विप्लव सी नेतृत्वको नेकपासंग गरेको तिन बुदे सहमती भंग गर्नसक्ने संकेत गरेको छ ।
आइतबार केपि वली नेतृत्वको सरकारले संसदमा विचाराधिन मुद्दा फिर्ता सम्बन्धी प्रस्तावबाट पछि हट्न खोजेपछी यस्तो संकेतको आँकलन गरिएको छ ।
सरकारले शान्तिपुर्ण राजनीतिमा आएका पार्टी , समूहका मुद्दा फिर्तासम्बन्धीको संसदमा विचाराधिन प्रस्ताव हटाउने निर्णय गर्न खोजेपछी आइतबार समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसदहरुले बिरोध जनाएका थिए ।
उनिहरुले जबर्जस्त निर्णय गर्न खोजे आँफुहरुले नोट अफ डिसेन्ट गर्ने समेत बताएका थिए ।
यता नेकपाले तत्कालीन वली नेतृत्वको सरकारले आफ्नो पार्टीसंग गरेको तिन बुदे सहमती भंग गर्न खोज्नु देश र जनताका विरुद्धमा हुने बताएको छ ।
नेकपाका केन्द्रीय सदस्य पाटन सीले भने– ‘हामिले पटकपटक राज्यलाई तीन बुदे सहमती कार्यान्वयनका लागि पहल गरेका छौँ तर राज्य जिम्मेवार देखिएको छैन्। अहिले त झन राज्य मुद्दा फिर्तासम्बन्धीको बिधेयकबाट पछि हट्न खोजेको छ । यो देश , जनता र दिगो शान्तीका विरुद्धमा हुनेछ । यसबाट उत्पन्न हुने जस्तोसुकै परिस्थितिको जिम्मेवार राज्य बन्नुपर्नेछ । हाम्रा साथीहरुलाई लागेका झुट्ठा मुद्दा खारेज गर्ने कुरामा राज्य सहमत नहुनु राज्यको बेइमानी हो । हामी राज्यको कदमका विरुद्ध पार्टीमा उपयुक्त छलफल गरेर अगाडि बढ्छौँ ।’
‘राज्यले नै शान्ती सम्झौता भंग गर्नु अत्यन्त खेदजनक विषय हो । हामी र हाम्रो पार्टी शान्ती , समृद्धि र स्वाधीनताको पक्षमा लडेको हो जसलाई राज्यले विभिन्न झुठा मुद्दा लगाएर बन्दी बनाउदै कारावास पठाउने काम गरेको हो । हामी तीन बुदे सहमतिप्रती इमानदार छौँ , रहिरहनेछौँ तर राज्य षडयन्त्र गर्न खोजिहेको छ । वर्तमान सरकारले तीन बुदे सहमती लत्याएर मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको छ । हाम्रो पार्टी मुलुकमा शान्ती खलबल हुन दिदैन । हामी जनतालाई अपिल गर्छौं , सरकारको बदनियतको भण्डाफोर गर्छौँ । हामी पार्टीमा छलफल गरेर छिट्टै एउटा निष्कर्षमा पुग्नेछौँ ,’ उनले भने।
नेता पाटनले तिन बुदे सहमती बिनासर्त लागू नगरे देशले भयानक परिस्थिति भोग्ने र त्यसको जिम्मेवार राज्य हुने समेत बताए ।
यस्तो छ तिन बुदे सहमतीको पुरापाठ:-
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.