नेकपा बबई गाउपालिकाको पाचौं पुर्ण बैठक सम्पन्न

डेली न्युजराप्ती       २८ चैत्र २०७८ १८:४० मा प्रकाशित     297 No Comments


न्युजराप्ती,चैत्र २८,हापुरे। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत बबई गाउकमिटीको पाचौं पुर्ण बैठक सम्पन्न भएको छ।
सोमबार बबई गाउपालिकाको हापुरेमा सम्पन्न पाचौं पुर्ण बैठकले नेकपा केन्द्रीय समितीको १२औ पुर्ण बैठक र नेकपा दाङको ऐतिहासिक सातौं पुर्ण बैठकले लिएका ऐतिहासिक एवम महत्वपूर्ण निर्णयहरु दृढताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको हो।

आगामी स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने तर राष्ट्रघाती एमसिसी एवम राष्ट्रघात बिरोधि जनपक्षीय प्रतिनिधिहरुलाइ सहभागी गराउने र सहयोग गर्ने साथै संसदीय व्यवस्थाको भण्डाफोर गर्ने जस्ता महत्वपूर्ण निर्णय लिएको नेकपा बबई गाउकमिटिले जनाएको छ। बैठकले जिल्लामा भव्य विशाल जनसभाका लागि पालिकामा व्यापक तयारी गर्ने,वडा स्तरमा भण्डाफोर सभाहरु गर्ने,जवस/मोर्चाका पालिका स्तरमा र जिल्ला स्तरमा सम्मेलनहरु गर्ने,स्थानीय चुनावलाइ संघर्षको मोर्चा बनाउनुका साथै दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णयहरुको गरेको हो।
यस्तै बैठकले चर्को महंगी र राष्ट्रघाती एमसिसी विरुद्ध प्रदर्शन सहित सभाहरु गर्ने,राष्ट्रघाती एमसिसि कुनैपनी हालतमा लागु हुन नदिनेगरी एमसिसी विरुद्ध प्रभावकारी संघर्ष संचालन गर्ने,६ कम्युनिस्ट र २ मोर्चाको संयुक्त आयोजनामा एमसिसि,राष्ट्रघात र महंगी विरुद्ध संघर्ष संचालन गर्ने,भ्रष्टाचार,कमिसन र सामाजिक उत्पीडनका विरुद्ध शसक्त जनसंघर्ष संचालन गर्ने निर्णय गरेको हो। बैठकले पार्टीका पालिका कमिटी,वार्ड कमिटी र सेल कमिटीहरु सुदृढ गर्ने तथा जवस/मोर्चाका पालिका कमिटी सुदृढ गर्ने लगाएतका निर्णय गरेको जनाइएको छ।

नेकपा बबई गाउपालिका इन्चार्ज/सेक्रेटरी प्रतिरोधको अध्यक्षतामा बसेको पाचौं बैठकको प्रमुख आतिथ्य नेकपा दाङका सेक्रेटरी प्रदिपको रहेको थियो भने नेकपा राजपुर गाउकमिटी इन्चार्ज/सेक्रेटरी उज्वलको बिशेष उपस्थितिमा बैठक सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार