छाती ठोकेर विप्लवको कार्यकर्ता हौं भन्नुपर्छ: इन्चार्ज सविन

डेली न्युजराप्ती       ७ असार २०८१ १७:१३ मा प्रकाशित     151 No Comments

असार ६ , दाङ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले छाती ठोकेर विप्लवको कार्यकर्ता हौं भन्न सक्नुपर्ने बताउनुभएको छ ।
बिहिवार दंगिशरण -४ मौलीमा पार्टीको आयोजनामा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै नेता सविनले उक्त कुरा बताउनुभएको हो ।

छाती ठोकेर विप्लवको कार्यकर्ता हौं भन्नुपर्छ , नेता सविनले भने– ‘ हाम्रा वरिपरी हाम्रा समर्थक , शुभचिन्तकलाई गोलबन्द हुन नदिन प्रतिक्रियावादीहरुले हामीलाई बन्दुक बोक्छन , बम , बारुद बोक्छन भनिरहेका छन् । यी कुरा सत्य होइनन् । तपाइँहरु हाम्रा वरिपरि आउन थालेपछी उनिहरु यस्ता कुरा गर्न थालिहाल्छन । तपाइँहरु ढुक्क हुनुहोला हामी सजिलै मैदान खाली गरिदिएर कहिँकतै जादैनौँ । यहाँका दलालहरुलाई हालीमुहाली गर्न छोडिदिएर कहिँकतै जाने कुरा छैन् । यो बिचमा चुनाव आइपुग्यो भने चुनावमा पनि भिड्ने हो तर मैदान खाली गरिदिएर डाँडाकाँडा जाने कुरा होइन । जनताको पक्षमा न्यायको आवाजलाई बुटले दबाउन खोजियो भने बन्दुक अनिवार्य बन्न सक्छ । बन्दुक हाम्रो चाहना होइन , हामी त यो मुलुकलाई बदल्न चाहेका छौँ ।’

दलालहरुको कब्जाबाट देशलाई जनताको मातहतमा ल्याउने हो ।’,उहाँले भन्नुभयो , ‘ यो देशलाई दलालहरुको कब्जाबाट दुई तरिकाले मुक्त गर्न सकिन्छ । एउटा तरिका बन्दुकवाट हो अर्को तरिका शान्तिपुर्ण आन्दोलनवाट पनि हुन्छ । यो मुलुक दलालहरुको कब्जामा छ , विकास नहुनुको कारण पनि यहीँ हो । दलालको कब्जाबाट देशलाई जनताको मातहतमा ल्याउनु पर्दछ । यो व्यवस्था र पुराना पार्टीप्रती जनताको रत्तीभर बिश्वास छैन् ।’

नेता सविनले मौली , बालुवा लगाएतका गाउँहरु सहिदहरु जन्माएको , जनयुद्धमा ठुलो योगदान गरेको गाउँ भएकाले पार्टीप्रती जनताको बिश्वास भइरहने समेत बताउनुभयो ।

नेकपा जनताको आशाको केन्द्रविन्दु हो।’, उहाँले फेरि भन्नुभयो , ‘पुराना पार्टीले जनतको पक्षमा काम नगरेपछी अहिले हाम्रो पार्टी जनताको आशा केन्द्रविन्दु भएको छ । नेपाली जनताको अधिकार सुनिश्चित नहुदासम्म बिद्रोह चलिरहन्छ । हामि जनतालाई कुनैपनी हालतमा धोका दिदैनौँ । हामी समाजवाद ल्याउनका लागि लडेका छौँ ।’

सबै नागरिकलाई उत्पादन र श्रममा सहभागी बनाउदै समृद्धि हासिल गर्ने व्यवस्था हो समाजवाद।’, नेता सविनले भन्नुभयो, ‘संविधानमा समाजवाद उन्मुख लेख्ने कुरा जनतालाई ढाट्ने कुरा हो । समाजवाद उन्मुख संविधानमा दलाल पुजीवादको बिगबिगी छ । यो सरासर जनतालाई ढाँटेको कुरा हो । बिकृत पुजीवादी कार्यक्रम लागू गरेर समाजवाद उन्मुख संविधान हुँदैन । समाजवाद नभने राजनीति गर्नै नसक्ने भएपछि उन्मुख लेखियो । जनताले साँच्चिकै समाजवाद उपभोग गर्न चाहन्छन् । यो व्यवस्था रहेसम्म जनताले मुक्ती पाउदैनन् । खाना नपाएर भोकै मर्न थालेपनी राज्य विमुख हुने व्यवस्था हो दलाल पुजीवाद ।’

नेता सविनले सरकार चलाउनका लागि मात्रै सरकारले काम गर्ने गरेको समेत बताउनुभएको थियो ।

सरकारको काम सरकार जोगाउने मात्रै हो।’, नेता सविनले भन्नुभयो, ‘ भर्खरै अर्थमन्त्रीले एमसिसि जुनसुकै हालतमा कार्यान्वयन गर्नुपर्छ भन्नु यो सरकार टेकाउन गरेको गुलामी हो । एमसिसि भयानक राष्ट्रघाती छ भन्दाभन्दै किन रातदिन मान्छेहरु मालिकको गुलामी गरिरहेका छन् ? यहाँ शासकहरुको काम केवल विदेशीको गुलामी गरेर सरकार जोगाउनु मात्रै हो । प्रचण्ड भारत गएर गुलामी गर्ने ,कसैले एमसिसी लागू गरौं भन्ने सबै कुरा सरकार टेकाउने खेल हुन् । प्रचण्डको मात्रै कुरा होइन यो देशका सबै संसदवादीहरुलाई देश र जनताको माया होइन सरकार चलाउने वाहेक अरु केही छैन् ।’

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम ३ नं. निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सी , पार्टीका जिल्ला सचिव तिलक सी , पार्टीका जिल्ला कार्यालय सदस्य रुद्र सीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दंगिशरणको सिंगो एउटा टोल विप्लव नेतृत्वको नेकपामा प्रवेश:

दाङको दंगिशरण गाउँपालिकाको सिंगो एउटा टोलका जनसमुदायले नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् ।
बिहिवार दंगिशरण -४ मौलीमा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा गाउँपालिका वडा नं.४ को बालुवा टोलका करिव २४ घरधुरीले नेकपा प्रवेश गरेका हुन् ।

दंगिशरण गाउँपालिका -४ बालुवा टोल निवासी नेपाली कांग्रेसका क्रीयाशिल सदस्य खिम बहादुर वलीको नेतृत्वमा २४ घरधुरीले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

दंगिशरण -४ बालुवा टोलमा जम्मा २९ घरधुरी रहेका छन्। २९ घरधुरी मध्य २४ घरधुरीले नेकपामा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा कांग्रेसका क्रीयाशिल सदस्य खिम बहादुर वलीको नेतृत्वमा शिव बहादुर वली , भुप बहादुर वली , कमल वली , प्रकाश वली , एकराज बस्नेत , धना वली , देवकला धिताल , खुम बहादुर वली , उत्तम वली , एम बहादुर वली , शान्ता वली , कुल बहादुर भण्डारी , बसन्त वली , सुवाश वली , कमला वली , शोभा वली , राधा वली , विष्णु वली , बजारु चौधरी , सल्यानी चौधरी , कृष्ण प्रसाद धिताल , रेशम वली , दुबा भण्डारीले नेकपा प्रवेश गरेका हुन् ।

यस्तै दंगिशरण -४ मौलीबाट अन्य ६ जनाले पनि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

मौलीबाट रनु कुमार चौधरी , रण बहादुर चौधरी , सुबाश चौधरी ,सन्देश चौधरी , कुलराज चौधरी र काशीराम चौधरीले पार्टीमा प्रवेश गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सी , केन्द्रीय सदस्य एवम ३ नं. निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सी , पार्टीका जिल्ला सचिव तिलक सी , पार्टीका जिल्ला कार्यालय सदस्य रुद्र सी लगाएतका नेताकार्यकर्ताले पार्टी प्रवेश गरेका नेताकार्यकर्ताहरुलाई टीका आवरण गरि स्वागत गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम ३ नं. निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सी , पार्टीका जिल्ला सचिव तिलक सी , पार्टीका जिल्ला कार्यालय सदस्य रुद्र सी , अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य द्वय रेखा सी र प्रकृती सी लगाएतको आतिथ्यता रहेको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य बिनकलाल सीको अध्यक्षतामा भएको पार्टी प्रवेश तथा स्वागत कार्यक्रमको सहजीकरण नेकपा दंगिशरण गाउँकमिटीका इन्चार्ज जिवनी सीले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार